यसरी बने राजेश घाइते प्रेमी ! (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७३, २० मंसिर सोमबार
no img

rajesh

काठमाडौं, २० मंसिर । गीतकार तथा संकलक राजु देउलाको नयाँ गीत एवं भिडियो सार्वजनिक भएको छ । ‘अँध्यारोमा जिउँनु चाहन्छु’ बोलको गीत तथा भिडियोलाई राजधानीमा एक समारोहबीच यु–ट्युबमार्फत सार्वजनिक भएको जानकारी गराइएको हो । सार्वजनिक गीतमा देउलाकै आफ्नै शब्द र संगीत विक्रम थापाको रहेको छ ।
लामो समयदेखि गीतसंगीत क्षेत्रमा क्रियाशील देउलाले आफ्नो नयाँ यस गीतबाट आशावादी रहेको बताए । उनले भने, ‘यस गीतका लागि निकै मिहिनेत गरेको छु ।’ उनले विशेषगरी युवापुस्ता लक्षित गरेर गीत बनाएको बताए ।
यस गीतको भिडियोमा राजेश शर्मा, अनिता र दिपेनले अभिनय गरेका छन् । पेसा व्यवसायिक राजेशले भिडियोमा घाइते प्रेमीको अभिनय गरेका छन् । उनको अभिनयलाई धेरैले रुचाएका छन् । राजेशको अभिनय कुनै व्यवसायिक कलाकारको भन्दा कम छैन । यस भिडियोलाई यादव पुडासैनीले निर्देशन गरेका हुन् । सुरेश बज्रचार्यले खिचेको यस भिडियोलाई नविन निरौलाल् सम्पादन गरेका हुन् ।

Comments