पत्रकार फूलमान बलको ‘काजोल खातुन’
screennepal
प्रकाशित: २०७३, १९ मंसिर आईतवार
no img

काठमाडौंं, १९ मंसिर । कवि तथा संचारकर्मी फूलमान वल कथा संग्रह ‘काजोल खातुन’सहित आएका छन् । साहित्यकार डा. अभि सुवेदी, शारदा शर्मा, कुमारी लामा र गुरुङ शुसान्तले शनिबार बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा कृतिको लोकार्पण गरे । वलका कथामा बन्दुक बोकेका निसहाय महिला पात्रहरुको प्रयोग मार्मिक भएको उनले डा. सुवेदीले बताए ।

kajol-launch

वलको घटना र समयलाई आ“कलन गरेर सरल भाषामा लेख्ने शैलीप्रति सुवेदीले प्रशंसा गरे । पुस्तकको अध्ययनले इतिहासलाई हेर्ने नौलो पद्धति थाहा भएको बताउ“दै डा. सुवदीले भने, ‘किताबमा धेरैजसो युवती पात्रहरु छन्, ‘कोही निसहाय, कोही ट्रयापमा परेका, कोही अभर परेका । तिनलाई पुरुषस“गको सम्बन्धको विभिन्न आयामबाट कथाहरुमा हेरिएको छ ।’
वलका १३ वटै कथामा मानवीयताका विभिन्न पाटोलाई सरल तरिकाले प्रस्तुत गरेको लेखिका शर्माले बताइन् । ‘कथाहरुमा तामाङ संस्कृतिको सुवास पनि आउ“छ,’ उनले भनिन्, ‘साहित्यमा यसप्रकारको सा“स्कृतिक विस्तार सकारात्मक कुरा हो ।’ उनले पत्रकारहरू साहित्यमा लागेर रैथाने साहित्यकारलाई चुनौति दिएको भन्दै ठट्टा समेत गरिन् । निबन्धकार लामाले पुस्तकका कथाहरुले १० वर्षे सशस्त्र आन्दोलनलाई दस्तावेजिकरण गर्न सघाउने अपेक्षा गरिन् ।
‘लेखकले सशस्त्र आन्दोलनदेखि शान्ति स्थापनासम्मका घटनावलीलाई आख्यानको रूपमा अभिलेखिकरण गर्नुभएको छ’, उनले भनिन्, ‘भावी पुस्ताका लागि विगत चिहाउने आ“खी झ्याल बन्न सक्छ, यो कृति ।’
युवा समालोचक सुशान्तले भने वलले पुस्तकमार्फत् साहित्यिक प्यास मात्रै नभएर आफ्नो राजनीतिक एजेण्डासमेत तुष्टि गरेको आशंका गरे । आजको राजनीतिक उपलब्धीको मुल जग जनयुद्ध भएको दावी गर्दै वलका कथाहरुमा भने जनयुद्धको अ“ध्यारो पक्ष बढी आएको उनले दावी गरे । जनयुद्धको राम्रो पक्षको पनि उजागर गर्न उनले बललाई सुझाव दिए ।
वलले भने आफूले द्धन्द्धलाई कुनै पनि बैचारिक झुकाव भन्दा पनि प्रेम र मानवियताको चश्माबाट हेर्ने कोसिस गरेको र त्यही क्रममा कथाहरु जन्मिएको दावी गरे । यसअघि ‘महाभारतकी मैंच्याङ’ कविता संग्रह र ‘म्हेन्दोमाया’ नाटक लेखेका वलको यो पहिलो कथाकृति हो ।
२०६० मै छापिएको कृतिमा परिमार्जन र नया“ कथाहरु समेत थपेर बुलहिल पब्लिकेसनले नया“ संस्करण ल्याएको हो । गत साता पुस्तकको कर्पोरेट लन्च गरिएको थियो ।

Comments