साताको चर्चा : ‘गाईको दुध खान राप्रपा रोजेकी हुँ’
screennepal
प्रकाशित: २०७३, १७ मंसिर शुक्रबार
no img

काठमाडौं, १७ मंसिर । कसरी चर्चामा आउनुपर्छ भन्ने कुरा गायिका कोमल वलीलाई राम्ररी थाहा छ । सयंम सञ्चारकर्मी भएरै होला उनी सधैं चर्चामै हुन्छिन् । तीज गीत त उनका चर्चाको अस्त्र नै हो । तर, कोमलको भनाई र गराइहरु पनि मासमा चर्चाको विषय बन्छ । यस्तै, यतिखेर पनि कोमल चर्चामा छिन् । तर, गीतसंगीत भन्दा फरकपाटोमा ।

komal-oli-2
गायन र सञ्चार क्षेत्रबाट पर्याप्त चर्चा बटुल्न सफल भएकी कोमलले राजनीति यात्रा प्रारम्भ गरेकी छन् । उनको चर्चा यही नै अहिले । कोमलले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेर राजनीति सुरु गरेकी हुन् ।
यतिसम्म त ठिकै छ । तर, राजनीतिमा किन राप्रपा नै रोजिन् भन्नेबारे कोमलको स्पष्टीकरणले झनै चर्चा पाएको छ । उनले एक अन्तर्वातामा राप्रपा रोज्नुको कारणबारे यसो भनेकी छन्, ‘यो आ–आफनो सिध्दान्तको कुरा हो । अब गाईले नि दुध दिन्छ भैंसीले नि, तर हामी गाईकै दुध पिउँछौ नि ।’ गाईको दुध पिउन राप्रपा रोजेकी कोमलले यसो पनि भनिन्, ‘मलाई यो पार्टीले देशको लागि केही गर्छजस्तो पनि लाग्यो र अहिले देशमा राप्रपाको भविष्य राम्रो छ । यो सहयोगी पार्टी हो । त्यसैले पनि मैले राप्रपा रोजेकी हुँ ।’
राप्रपाबाट राजनीति जीवन सुरु गरेकी कोमलले मन्त्री हुने आफ्नो लोभ र आशा नभएको पनि बताएकी छन् । उनले भनेकी छन्, ‘मलाई केही कुराको लोभ छैन । समयले दियो भने पक्कै मन्त्री पनि बनिन्छ होला । पहिला संविधान कार्यान्वयन होस्, प्रत्यक्ष चुनाव भएर जनताले मलाई भोट हालेर जिताउनुभयो भने अवश्य मन्त्री पनि बनिन्छ । तर, मन्त्रीकै लोभले पार्टी प्रवेश गरेकी होइन ।’
कोमलले आफ्नो करिअर बनिसकेको बताउँदै भनिन्, ‘अब मलाई आफ्नो परिचयको कुनै आवश्यता छैन ।’ तर, उनले देशको सेवा गर्न राजनीतिमा लागेको कुरा पनि भन्न भुलिनन् ।
नोट : यो साताको चर्चा विभिन्न मिडियामा कोमलले दिएको अन्तर्वाता र सामग्रीमा आधारित)

Comments