दिनेशले गरे ‘दुस्साहस’ गर्ने घोषणा (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, १६ मंसिर बिहीबार
no img

काठमाडौं, १६ मंसिर । हत्पत्त मान्छेहरु दस्साहस गर्न हिम्मत गर्दैनन् किनकि खराब काम गर्नेलाई यहाँ ‘दुस्साहस गरेको’ भनिन्छ । तर, निर्देशक दिनेश लिङ्देनले भने चलचित्र नै ‘दुस्साहस’ बनाउँने घोषणा गरे । बिहीबार राजधानीमा आयोजित एक समारोहबीच चलचित्र ‘दुस्साहस’ निर्माणको घोषणा गरिएको हो ।

376a7988
नेपापा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री देव गुरुङको प्रमुख आतिथ्यमा घोषणा गरिएको यो चलचित्र फाल्गुनन्द लिङ्देन फिल्मस् र नेपाल चलचित्र युवा मञ्चले संयुक्त व्यानरमा निर्माण गर्न लागेको हो ।

376a7987
अपराधी प्रवृतिको दुस्साहस गर्ने कसैलाई आँट नहोस् भन्ने सन्देश बोकेको चलचित्र ‘दुस्साहस’ मा म्युजिक भिडियोकी मोडल तथा नृत्यांगना निशा पोमु मुख्य नायिकामा देखिने भएकी छन् । निशाको यो डेब्यु नेपाली चलचित्र हो ।

376a7980
यसअघि थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी निशाले चलचित्रमा डेब्यु गर्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘मलाई आज एकदमै खुसी लागेको छ । म यसै चलचित्रमार्फत नेपाली चलचित्रमा इन्ट्रि गर्दैछु । मलाई विश्वास गरेर नायिकामा अनुबन्ध गरेकामा ‘दुस्साहस’ का निर्देशकलगायत सम्पूर्ण युनिटलाई धन्यवाद दिन चाहन्छु ।’ चलचित्रका निशाका आलावा रुपा राना, सोम लामा, अजय खड्का, प्रिजन श्रेष्ठ, उदय सुब्बा, प्रदीप योङहाङ, कल्याण राईलगायतको अभिनय रहने जनाइएको छ ।

376a7971
यसै साताबाट छायांकन हुने बताइएको ‘दुस्साहस’ मा संगीत विकास चौधरी, द्वन्द्व राजु किराती र छायांकन ज्ञानु राईको रहने भएको छ ।

376a7959

चलचित्र शुभसाइत तथा सम्मान कार्यक्रममा डा. विजय लिङ्देन, द हाईल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिककी सञ्चालक एवं फेसन डिजाइनर कल्पना योङहाङ, कलाकार यासेली योङहाङलगायतको उपस्थिति थियो । कार्यक्रममा द हाईल्याण्ड आर्टकै उत्पादन ढाका सलबाट उपस्थित अतिथिलाई स्वागत तथा सम्मान गरिएको थियो ।

तस्बिर : सुनिल राजभण्डारी/स्क्रिीन नेपाल

Comments