रफ्तारमा शाहरुख–आलियाको ‘डियर जिन्दगी’
screennepal
प्रकाशित: २०७३, १३ मंसिर सोमबार
no img

मुम्बई, १३ मंसिर । भारतमा नोटबन्दीको मारका बावजूद पनि शाहरुख खान र आलिया भट्ट अभिनीत फिल्म ‘डियर जिन्दगी’ बक्स अफिसमा भाग्यमानी साबित ठहरिएको छ । गौरी शिन्दे निर्देशित यस फिल्मले रिलिजको दिन ठिकै कमाइ गरेको थियो । तर, रिलिजको तेस्रो दिनसम्मको कमाइको कुरा गर्दा यस फिल्मले ३२ दशमलव ५० करोड रुपैयाँको व्यापार गरिसकेको छ ।

dear-zindagi
फिल्म बजार समीक्षक तरण आदर्शले यस फिल्मको कमाइ बारे ट्वीट गरेका छन्, ‘१२०० स्क्रीनमा रिलीज भएको यस फिल्मको धमाकेदार शुरुआत भएको छ । फिल्मले शुक्रवार ८ दशमलव ७५ करोड, शनिवार ११ दशमलव २५ करोड र आइतबार १२ दशमलव ५० करोड गरी तीन दिनमा जम्मा ३२ दशमलव ५० करोड रुपैयाँ कमाएको छ । ‘डियर जिन्दगी’को यो कमाइको आंकलन भारतको मात्रै हो ।
भनिन्छ, यस फिल्ममा भारतबाहेक अन्य देशमा पनि राम्रो व्यापार गरिरहेको छ । २५ नोभेम्वरमा सिनेमा घरमा लागेको यो फिल्म भारतमात्र १२०० स्क्रीस र विदेशमा ६०० स्क्रीसमा रिलीज भइरहेको छ । यो फिल्म भारत र विदेश गरी १८०० स्क्रीसमा रिलीज भएको छ ।
‘डियर जिन्दगी’मा पहिलोपटक भट्ट र शाहरुख खान एकसाथ पर्दामा देखिएका हुन् । यस फिल्मका निर्देशक गौरी शिन्देले यसअघि श्रीदेवीलाई लिएर ‘इंग्लिश विंग्लिश’ जस्ता सफल फिल्म बनाएका थिए ।

Comments