… अनि ‘बधाई भन्न करै लाग्यो’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १२ मंसिर आईतवार
no img

asha

काठमाडौं, १२ मंसिर । गायक ब्रविम शेर्मा लिम्बू आफू राम्रो मात्र गाउँदैनन्, उनी संगीत पनि उत्तिकै राम्रो गर्छन् । यो कुरा उनको पछिल्लो संगीतमा सार्वजनिक गीत तथा भिडियोले पनि पुष्टि गर्छ । मुन्धुमी गायकका रुपमा कहलिएका ब्रबिमको संगीत र गायिका मेलिना राईको स्वरमा ‘बधाई भन्न करै लाग्यो’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । जुन गीत सुन्दा ब्रविम एक कुसल संगीतकार पनि हुन् भन्दा फरक पर्दैन ।
दुरेन आङदेम्बेको शब्दरचना रहेको ‘बधाई भन्न करै लाग्यो’ बोल गीतलाई मेलिनाको माधुर्य स्वरले झनै कर्णप्रिय बनाएको छ । मेलिना पछिल्लो समय चम्किएकी गायिका हुन् । यस गीतको भिडियोमा अभिनेता दीलिप रायमाझी र आशा सुब्बाले अभिनय गरेका छन् । सुरेश दर्पण पोखरेलले निर्देशन गरेको यस भिडियोलाई एबी किराँत म्युजिकले यु–ट्युवमा सार्वजानिक गरेको हो ।

Comments