हैट ! ‘भुवनले होर्डिङ बोर्ड राखेर गर्न गरेछ’
screennepal
प्रकाशित: २०७३, १० मंसिर शुक्रबार
no img

bhuwan-1

काठमाडौं, १० मंसिर । फिल्म तथा कुनै व्यापारिक प्रवद्र्धनका लागि राजमार्ग छेउछाउ राखिएका ठूल्ठूला होर्डिङ बोर्डहरु त देखिएकै हो । गीति एल्बमकै प्रवद्र्धन तथा प्रचारका लागि यस्ता बोर्ड राखिएको भने सायदै होला । तर, यतिखेर पूर्वाञ्चलका जिल्लाहरु घुम्ने हो भने राजमार्ग तथा सडक छेउछाउमा ठूल्ठूला होर्डिङ बोर्डहरु देख्न सकिन्छ, जसमा लेखिएको छ, ‘सम्मान मेरो’ ।

हो, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले अहिले आफ्नो पाँचौ एल्बम ‘सम्मान मेरो’ को यस्तै गरी पूर्वाञ्चलमा प्रचारमा ल्याएका छन् । उनको यो प्रचारशैली हेर्दा नेपाली सांगीतिक क्षेत्रको पनि दायरा ठूलै छ भन्ने लाग्छ ।

bhuwan
एल्बम फिटिक्कै बिक्री हुन छाडेकै धेरै वर्ष भइसक्यो । यस्तो अवस्थामा पनि भुवनले किन आफ्नो एल्बमको प्रचारशैली अपनाए त ? उनी भन्छन्, ‘यो ‘सम्मान मेरो’ एल्बमलाई विशेषगरी पूर्वाञ्चल केन्द्रित गरेको छु । त्यसैले प्रचार पनि पूर्वाञ्चलबाटै थालनी गरेको हुँ ।’ उनको यो प्रचारशैली निकै महँगो मानिन्छ, जसका कारण जोसुकैले यसरी होर्डिङ बोर्डमार्फत प्रचार गर्ने हैसियत राख्दैनन् । तर, राजधानीमा भन्दा पूर्वाञ्चलका विभिन्न जिल्ला र स्थानमा कन्शर्टमा व्यस्त हुँदै आएका भुवनले भने चर्चाकै लागि यस्तो शैली अपनाएका छन् ।

bhuwan-2

भुवनको ‘मेरो सम्मान’ एल्बमको होर्डिङ बोर्ड देख्नेहरु भन्छन्, ‘हैट, भुवनले त गर्न गरेछ ।’ गीत तथा गजल संग्रहीत ‘सम्मान मेरो’  भुवनको महत्वकांक्षी एल्बम पनि हो । उक्त एल्बममार्फत आफ्नो सांगीतिक करिअरले ‘टर्निङ प्वोइन्ट’ लिने उनको अपेक्षा छ । केही समयमै ‘मेरो सम्मान’ श्रोता तथा दर्शकमाझ ल्याउने उनले बताए । ‘म हिजोआज स्टेज कार्यक्रम र विभिन्न कलेक्शन एल्बमको संगीत तथा गायनमा व्यस्त छु’ भुवनले भने, ‘साथै मेरो सम्मानको प्रचारमा पनि जुटेको छु । अब चाँडै मेरो सम्मान दर्शक तथा श्रोतालाई समर्पण गर्नेछु ।’

Comments