“कर्माण्य”को ट्रेलर युट्युब बाट सार्वजनिक ( ट्रेलर )
screennepal
प्रकाशित: २०७३, १ मंसिर बुधबार
no img

मङ्सिर १,काठमाडौँ
पछिल्लो समय चलचित्र क्षेत्रमा युवा जमातको लगाब बढ्दै गएको देखिन्छ| युवाहरु चलचित्रलाई विभिन्न रुपले अंगाल्दै अघि बढेका छन्| यसैविच उनीहरु चलचित्रका बिभिन्न पाटोहरुलाई सिकेर वा पढेर लागेको पाइन्छ|

चलचित्रलाई मनोरञ्जन मात्र नबनाईकन उनीहरुले सिर्जनात्मक रुपले लिएको देख्न सकिन्छ| अभिनय होस् या प्राविधिक पक्ष उनीहरु सिकेर बजार संग प्रतिष्पर्धा गर्न तम्तैयार रहेको देखिन्छ|

युवा पुस्ताहरु ठुला फिचर फिल्म भन्दा छोटा चलचित्र तथा कला र आधुनिकतालाई मध्यनजर गर्दै यस क्षेत्रमा अघि बढेको देखिन्छ| यस्तै युवा पुस्ताहरु रंगमञ्च हुँदै चलचित्रमा प्रवेश गर्ने तथा फिल्म सम्बन्धि अध्यायन गर्ने परिपाटी बढ्दै गैरहेको छ| यसले गर्दा आशलाग्दा युवाहरु नेपाली चलचित्र क्षेत्रमा जन्मिदै छन् भन्ने भेउ पाउन सकिन्छ|

थिएटर र फिल्मलाई शिक्षाको रुपमा अंगाल्दै आएका एक समुहले निर्माण गरेको छोटो सामाजिक सन्देशमुलक चलचित्र “कर्माण्य”को ट्रेलर रिलिज भएको छ|

अर्पण बस्नेतले निर्देशन गरेको यस चलचित्रमा मिस्टर नेपाल २०१५ का विजेता सन्दिप पोख्रेल र मोडेल योवना कार्कीको मुख्य भूमिका रहेको छ | लामो समयको अध्यायन अनुसन्धान पछि बनेको कथामा बनेको यस चलचित्रमा एक युवाले पाएको पुनर्जीवन र सफलतालाई देखाउन खोजिएको निर्देशक अर्पण बताउछन|

स्ट्रिट नेपालको प्रस्तुतिमा इष्ट पोल पिक्चर्सले निर्माण गरेको यस चलचित्रलाई नबिन बाबु गुरुङले छायांकन गरेका हुन् भने प्रणव आकाशको पटकथा/संवाद रहेको छ| कर्माण्यमा मिना पुर्णिमा खड्का,आदित्य शर्मा, परिक्षित बिक्रम राणा,शंकर पराजुली, सुनिल बलाल,रुपेश सुबेदी,प्रेरणा महर्जन,लोमस शर्मा,बिबेक आचार्य, नवराज खड्का आदिको अभिनय रहेको छ|

Comments