‘खोयाबिर्के’मा शिल्पा (भिडियो)
screennepal
प्रकाशित: २०७३, १ मंसिर बुधबार
no img

काठमाडौं, १ मंसिर । यतिखेर गायक नीलमणी भण्डारीको ‘खोयाबिर्के’ले संगीत बजारमा चर्चा पाइरहेको छ । यो भिडियो केही समयअघि सार्वजनिक गरिएकोहो । आफ्नो गीत तथा भिडियोले चर्चा पाउँदा नीलमणि दंग छन् ।
भिडियो शिल्पा खोखरेल र कुमार केसीलगायतले अभिनय रहेको छ । यस भिडियोलाई कुमार केसीले निर्देशन गरेका हुन् । मदिरा सेवनको लतले समाज र ब्यक्तिमा पार्ने असरलाई भिडियोमा उतारिएको छ ।
२०५८बाट गायनमा होमिएका गायक भण्डारी भोजपुरबाट गायनकै लागि काठमाडौ आएका हुन् । उनका मायाँ गाँसेर, चारतीरै बासना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म गीत बाहिर आएका छन् ।

Comments