यी अभिनेत्री मृत फेला !
screennepal
प्रकाशित: २०७३, २८ कार्तिक आईतवार
no img

malyalamactress

काठमाडौं, २८ कार्तिक । मलयालम भाषाकी लोकप्रिय अभिनेत्री रेखा मोहन आफ्नो घरमा मृत भेटिएकी छन् । उनको शव प्रहरीले थ्रिसुर अपार्टमेन्टबाट बरामद गरेको जनाइएको छ । अहिले उक्त केसको मुद्दा दर्ता गरी शव पोस्टमार्टमका लागि थ्रिसुर मेडिकल कलेजमा पठाइएको छ । रेखाको पति अधिकांश समय दुवईमा बस्ने गर्छन् । दुई दिनदेखि उनीहरुबीच कुराकानी नभएको जनाइएको छ । रेखाले आफ्नो पतिको इमेलको जवाफसमेत दुई दिनयता दिएकी थिइनन् । तर, रेखाको मृत्यको खबर प्रहरीलाई उनका पतिले नै गरेको जनाइएको छ । यो कसरी भन्ने शंका उत्पन्न भएको छ । रेखाले पतिले फोनमा जानकारी गरेपछि प्रहरीले रेखाको घरमा गएका थिए ।
रेखा मलयाली फिल्म इन्डस्ट्रीमा पहिचान बनाएकी लोकप्रिय अभिनेत्री हुन् । उनले टीभी शो ‘मयामा’ र केही फिल्ममा कुसल अभिनय गरेर मलयालम फिल्म इन्डस्ट्रीमा स्थापित भएकी हुन् । रेखाको निधनले मलयालम फिल्म इन्डस्ट्रीमा सौख छाएको छ । (एजेन्सी)

Comments