चाँडै आमा बन्दै बिपाशा !
screennepal
प्रकाशित: २०७३, २६ कार्तिक शुक्रबार
no img

काठमाडौं, २६ कार्तिक । बलिउड अभिनेत्री बिपाशा बसुका शुभचिन्तक तथा प्रशंसकका लागि खुसीको खबर छ । भनिन्छ, बिपाशा चाँडै आमा बन्नेवाला छिन् । भारतीय एक अनलाइन पोर्टका अनुसार बिपाशा र करण सिंह ग्रोबर हालै एक स्त्री रोग विशेषज्ञकोमा गएका थिए । यतिमात्र नभएर पछिल्लो केही समययता बिपाशाले डाक्टरसँग भेटघाट बढाएकी छन् । करण–बिपाशालाई यसबारे सोधिएको प्रश्नमा कुनै जवाफ दिएनन् ।

bipasha
बिपाशा र करणबीच एक वर्ष डेटिङपछि गएको अप्रिलमा विवाह गरेका थिए । यी दुईजना सन् २०१५ मा फिल्म् ‘अलोन’ को सेटमा भेटिएका थिए । त्यसपछि उनीहरुबीच प्रेम भएको हो ।
करण सिंह ग्रोवरको बिपाशाभन्दा अगाडि दुईपटक विवाह गरिसकेका थिए । सन् २००८ मा करणले टिभी अभिनेत्री श्रद्धा निगमसँग विवाह गरेका थिए तर त्यो विवाह १० महिनामै तुहिएको थियो । त्यसपछि करणले सन् २०१२ मा जेनिफर विंगेटसँग विवाह गरे । उक्त दोस्रो विवाह पनि लामो समय टिकेन । उनीहरुको सन् २०१४ मा सम्बन्धविच्छेद भयो । (एजेन्सी)

Comments