उद्घोषसँगै फ्लोरमा ‘शिरफूल’
screennepal
प्रकाशित: २०७३, २१ कार्तिक आईतवार
no img

_mg_3897

काठमाडौं, २१ कार्तिक । चलचित्र ‘शिरफूल’ निर्माण हुने भएको छ । आइतबार राजधानीमा आयोजित एक समारोहबीच ‘शिरफूल’ निर्माणको घोषणा गरिएको हो । पर्फमिङ आर्ट क्रियशन र मगर क्रियशनको संयुक्त प्रस्तुतीमा निर्माण हुन लागेको ‘शिर फूल’ सँगै सोमबारबाटै फ्लोरमा जाने जनाइएको छ ।

_mg_3916
चलचित्र ‘शिरफूल’बाटै कमल एक्चै मगरले निर्देशनमा डेब्यु गर्दैछन् । एक सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक कमलले भने, ‘म्युजिक भिडियो र डक्यूमेन्ट्री निर्देशनको अनुभवपछि चलचित्र निर्देशनमा हात हालेको हुँ ।’ निर्देशक कमलका अनुसार चलचित्रमा आधुनिकताको बढ्दो प्रभावसँगै युवापुस्तामा देखिएको संस्कृतिक विकृतिलाई चित्रण गरिनेछ । कार्यक्रममा बोल्दै निर्देशक कमलले भने, ‘शिरफूल नारीप्रधान चलचित्र हो । यो चलचित्रले युवापुस्तामा देखिएको पश्चिमा संस्कृतिको प्रभावलाई चित्रण गर्छ जबकि प्रेम, कला र संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दै गएको छ ।’ उनले ‘शिरफूल’ ले गाउँदेखि सहरसम्मको कथा उन्ने बताए ।

_mg_3879
‘शिरफूल’ मा अभिनेत्री रुपा रानाबाहेक अधिकांश कलाकार थिएटरबाट लिइएको छ । रुपाले भने चलचित्र नामबाटै प्रभावित भएर ‘शिरफूल’ मा अभिनय गर्न तयार भएको बताइन् । ‘पहिलोपटक नाम सुन्दै अग्र्यानिक लाग्यो, ‘कार्यक्रममा बोल्दै रुपमाले भनिन्, ‘नाम जस्तै शिरफूलको कथावस्तु पनि मलाई मन प¥यो ।’

यस चलचित्रको निर्माण आर्शीवाद पुनले गर्न लागेका हुन् । कथावस्तुअनुसार ‘शिरफूल’ मा नयाँ अनुहारलाई लिएको निर्माता आर्शीवादले बताए । उनले भने, ‘लामो समयको अभ्यासपछि यो चलचित्र निर्माणमा जुटेका हौं । उनले कलाकार तथा निर्देशक मात्र नभएर आफसमेत चलचित्र क्षेत्रका लागि नयाँ भएको बताए ।

_mg_3912
‘शिरफूल’ मा विनिता मगर, राज थापा, रुपा राना, देव आलेमगर, पुजा गदल, नीता पुन, नमिता तामाङ, विना थापा, लिला गुरुङ, राजु योगिन, सुनिल मगरलगायतको मुख्य अभिनय रहने भएको छ । चलचित्रमा हरि लम्सालको संगीत, डिपी खानाल र सन्दीप थापाको गीत रहने छ । सिद्धान्त एस.पौडेलको निर्माण नियन्त्रणमा बन्ने ‘शिरफूल’लाई निरोज श्रेष्ठले खिच्दैछन् ।
७५ लाख रुपैयाँ अनुमानित बजेटमा निर्माण हुने भनिएको ‘शिरफूल’ को छायांकन ३५ दिनमा सक्ने लक्ष्य रहेको निर्देशक कमलले बताए । उनका अनुसार यो चलचित्रको छायांकन काठमाडौंका आलावा तनहुँ, पोखरा, र सोलुखुम्बुको विभिन्न स्थानमा समेत हुनेछ । तस्बिर : नविनबाबु गुरुङ

Comments