पांचकोट तमु समाजको देउसी समापन संगै सम्मान कार्यक्रम सम्पन्न (फोटो-भिडियो)
screennepal
प्रकाशित: २०७३, २१ कार्तिक आईतवार
no img

कार्तिक २१, काठमाडौँ
गोरखा जिल्लाको उत्तरी भेगमा रहेको विभिन्न कोटहरुमा रहेको गुरुङ गाउँहरुको समुह पांचकोट तमु समाज काठमाडौँले शनिबार काठमाडौँमा देउसी भैलो शुभकामना आदान प्रदान तथा समापन कार्यक्रम सम्पन्न गरेको छ |
_mg_3642
पुर्व डिएसपी तथा समाजको विशेष सल्लाहकार मक्कर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अथितिको रुपमा समाजका पुर्व अध्यक्ष दलसिं गुरुङ, तमु ह्युल गुरुङ राष्ट्रिय परिषद काठमाडौँ जिल्ला अध्यक्ष हर्कबहादुर गुरुङ, उपाध्यक्ष अमर गुरुङ, समाजको सल्लाहकार, समाजसेवी, बुद्धिजीवी, विभिन्न तमु संघ संस्थाका अध्यक्ष एबं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो |

देउसी भैलो समापन संगै उक्त क्षेत्र तथा जिल्लाका तमु समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो|
तमु इतिहास र संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले संगठित यो संस्थाले आफ्नो स्थापनाकाल देखि नै यस्तै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ |
_mg_3757
कार्यक्रममा फिलिपिन्सबाट विद्यावारिधि गरेका डा.ताराजंग गुरुङ, एमबिबिएस तथा एमडी. गरेकी डा. तुलमाया गुरुङ. एमबिबिएस डा. झरना गुरुङ, बीएस्सी नर्सिङ गरेकी ममता गुरुङ, फोटो पत्रकार नबिनबाबु गुरुङ, सामाजिक अधिकारकर्मी नरबहादुर गुरुङ, भलिबल रेफ्री विकास गुरुङ, राष्ट्रिय लोक गायकहरु आरके गुरुङ, राजु गुरुङ, चिज गुरुङ, सुनिला गुरुङ, पप गायक अनिल गुरुङ, नृत्य निर्देशक सन्देश गुरुङ् लगाएतलाई सम्मान गरिएको थियो |

यस्तै तिहारमा सम्पन्न देउसी भैलोमा सहभागी कलाकार तथा यस बर्ष एसएलसी उत्तीर्ण भएका छात्र छात्राहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो |
_mg_3670
यस्तै कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरुले यस्तोखाले कार्यक्रमले आफ्नो संस्कृति र संस्कारको जगेर्नाका साथै समाजमा राम्रा काम गरेका र गर्ने आँट गरिरहेकाहरुलाई हौसला प्रोत्साहन मिल्ने भन्दै यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्ने धारणा राखे|
_mg_3779
कार्यक्रमको अन्त्यमा भएको गुरुङ परम्परा अनुसार खानपिन तथा राष्ट्रिय स्तरका कलाकारहरुको दोहोरि गीत तथा नृत्यले कार्यक्रमलाई थप रौनकता दिएको थियो |

Comments