बास्कोटालाई इटहरीमा अभिनन्दन
screennepal
प्रकाशित: २०७३, २० कार्तिक शनिबार
no img

काठमाडौं, २० कार्तिक । गायक, संगीतकार तथा गीतकार शम्भुजित बासकोटालाई सुनसरीको इटहरीमा सार्वजनिक अभिनन्दन गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका बासकोटालाई राष्ट्रिय जागृति क्लब इटहरीको स्वर्ण वार्षिकोत्सवका अवसरमा आयोजित एक भव्य समारोहबिच उनले संगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै इटहरी ढुवानी व्यवसायी संघले अभिनन्दन गरेको हो ।

received_716123438539531
संघले संगीतकार बासकोटाले साँढे चार दशकभन्दा लामो समयदेखि नेपाली संगीतको अन्तराष्ट्रियस्तरमा गरिमा बढाउन योगदान पु¥याएको भन्दै उनलाई सार्वजनिक अभिनन्दन गरिएको जनाएको छ।
क्लबका अध्यक्ष सञ्जिव ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बासकोटालाई विभिन्न राजनैतिक दलका नेताहरुका बिच सांसद कल्पना चौधरीले अभिनन्दनपत्रद्धारा अभिनन्दन गरेकी थिइन्। लोक नृत्य प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रममा कलाकार नीलम ढुंगाना, गजलकार टीका आत्रेय, समाजसेवी रामबहादुर ताल्चा भण्डेला, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष बेदराज पौडेल र सचिव बाबुराम सुवेदीलगायतलाई सम्मान गरिएको थियो। नृत्य प्रतियोगितामा नागी डान्स सेन्टर प्रथम, सेभेन स्टार क्लब द्धितीय र लक्ष्मी डान्स सेन्टर तृतिय भएका छन्। विजयीहरुलाई पुरस्कारस्वरुप क्रमशः १२, ८ र ५ हजार रुपियाँ नगद प्रदान गरिएको छ।

Comments