म्युजिक नेपालविरुद्ध कानुनी लडाईमा जाँदै गायक अविनाश घिसिङ | Screennepal

म्युजिक नेपालविरुद्ध कानुनी लडाईमा जाँदै गायक अविनाश घिसिङ

कार्तिक, १९ काठमाडौँ
चर्चित गायक अविनाश घिसिङले आफ्नो पछिल्लो एल्बम गाउँ छेउमा समावेश चुइ चुइ चुइकने जुत्ताको म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्|

जयनन्द लामाको शब्द संगीतमा रहेको यस गीतलाई उनले रिमेक गरेर निकालेका हुन् | जयनन्द लामा संग कानुनी रुपमै आफुले लिएको यस गीतलाई म्युजिक नेपालले कपिराइट क्लेम गरे पछि उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफु कानुनी प्रकृयामा जाने बताएका छन् |

फेसबुकमा गायक तथा संगीतकार जयनन्द लामासंग गरिएको सम्झौतापत्रको प्रति संगै उनले लेखेका छन् –यो कलाकार प्रतिको शोषण र अपमान हो यसको घोर विरोध गर्दै म कानुनि प्रकृयामा जान्छु |
abinash-ghising33
यस बिषयमा अन्य कलाकारहरु शोषित भएर पनि मौन बसेको बन्दै आफु कम्जोर बनेर नबसी कानुनी प्रकृयामा गएर सबैलाई सिकाएर छाड्ने उनले अडान लिएका छन् |

यस्तै विभोर पोखरेलको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा घिसिङ संगै नवाङ् मोक्तान स्क्रिनमा देखिएका छन् | यस म्युजिक भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन् भने सतिस श्रेष्ठको इडिट र भिएफएक्स रहेको छ |



Facebook Comment