शाहरुखको फिल्मबाट निकालिए पाकिस्तानी कलाकार
screennepal
प्रकाशित: २०७३, १८ कार्तिक बिहीबार
no img

मुम्बई, १८ कार्तिक (एजेन्सी) । भारत–पाक विवादको असर बलिउडमा पनि देखिएको छ । पछिल्लो सयम फिल्म निर्माता तथा निर्देश्कहरु पाकिस्तानी कलाकारलाई लिएर फिल्म बनाउन रिक्स लिन चाहँदैनन् । पछिल्लो समय भारत–पाकिस्तानबीच विवाद चर्किँदै गएको छ । यसको असर कलाकारमा पनि देखिएको हो ।

alizafar
यस्तै, अभिनेता शाहरुख खानको फिल्म ‘डियर जिन्दगी’ बाट पाकिस्तानी अभिनेता अलि जफरलाई निकालिएको छ । समाचारमा जनाइएअनुसार गौरी शिन्देको यस फिल्मबाट अलि जफरलाई आउट गरिएको हो । उनको स्थानमा ताहिर राज भसीनलाई साइन गराइएको बताइएको छ । हालै यो फिल्मको सुटिङ सुरु भएको थियो ।
समाचारमा जनाइएअनुसार ताहिरले सुटिङ समेत सुरु गरेका थिए । उनको एक गीतको सुटिङ समेत सकिएको छ । फिल्मको उक्त गीतमा उनी आलिया भट्टसँग देखिन लागेका थिए । जुन गीतलाई अरिजीत सिंहले गाएका हुन् ।
भनिन्छ, यो फिल्ममा शाहरुख खान आलियाको लभ गुरुको भूमिकामा देखिँदैछिन् । यो फिल्म २५ नोभेम्बरमा रिलिज हुने जनाइएको छ । गौरी शिन्देले आफ्नो यो फिल्म सिनेमाघरमा जाँदा विवाद नहोस् भनेर अलिलाई निकालेको बताएका छन् ।

Comments