दीपिकासँग मेरो केमेष्ट्री गजब : विन डीजल (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७३, १३ कार्तिक शनिबार
no img

काठमाडौं, १३ कार्तिक । दीपिका पादुकोणको हलिउड डेब्यू फिल्म xXx: Return of Xander Cage का उनको को–स्टार विन डीजलले दीपिका ‘ग्लोबल सुपरस्टार’ बन्ने दावी गरेका छन् । विन डीजलले दीपिकाको पंशंसा गर्दै यसो पनि भनेका छन्, ‘दीपिकासँग मेरो लागि केमेष्ट्री एमेजिङ लाग्यो ।’ उनले दीपिकासँग आफूले धेरै खुसी सेयर गरेको पनि बताएका कछन् ।

deepika
४९ वर्षीय डीजलले एक अन्र्तवार्तामा भने, ‘म उनलाई धेरै माया गर्छु र हाम्रो नेचुरल केमेस्ट्रीलाई शेयर गर्न चाहन्छु ।’ इन्टरव्यूको क्रममा एक भिडियोलाई लिएर डीजलसँग प्रश्न गरेकाक थिए । यसबारे डीजलले भने, ‘मेरो दीपिकाका लागि प्रिय शब्दको बयान गरेर साध्य नै छैन ।’ उनले यो पनि भन्न भ्याए कि दीपिकालाई आफ्नो दिलमै सजाइसकेको छु । उनले भने, ‘म दीपिकासँग अर्को फिल्म पनि गर्न चाहान्छु ।’
भनिन्छ, xXx: Return of Xander Cage अर्को बर्षको २० जनवरीमा संसारभर रिलीज हँदैछ । यस एक्शन फिल्ममा दीपिका र विन डीजलका अलावा डोनी येन, टोनी जा, नीना डोबरेव, रोरी मैक्केन, रूबी रोस र सैमुओल एल जैकसनको पनि मुख्य भूमिका छ । (एजेन्सी)

Comments