वर्षाको पाउजुको कुरा गर्दै रवि (भिडियो)
screennepal
प्रकाशित: २०७३, १२ कार्तिक शुक्रबार
no img

काठमाडौं, १२ कार्तिक । गायक प्रेम सेनको नया“ गीत ‘तिम्रो पाउजु…’ को म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको एक जोडीलाई दर्शकले मन पराएका छन् । अभिनेत्री वर्षा राउतसँग मोडल रवि सिंहको जोडी आकर्षक देखिएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा वर्षा र रविलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ ।
गायक कमल खत्री यो गीतका गीतकार तथा संगीतकार हुन् । विजेश्वर तण्डुकारले यो गीतलाई संगीत संयोजन गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
सानैदेखि अभिनयमा रुची राख्ने रवि सिंहले यसअघि पनि केही म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेका छन् । काठमाडौंको भिमसेनस्थानमा जन्मिएका रवि म्युजिक भिडियो हु“दै चलचित्रमा समेत पुनरामगनको तयारी गर्दैछन् ।

Comments