सिनेमा हलमा कलियुगको कथा
screennepal
प्रकाशित: २०७३, १२ कार्तिक शुक्रबार
no img

काठमाडौं, १२ कार्तिक । जीवन लुइँटेल र संचिता लुइँटेल अभिनीत चलचित्र ‘राधा’ आज शुक्रबारबाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । यो चलचित्रले लगानी उठाउँन २ करोड रुपैयाँ बराबरको करोबार गर्नु पर्नेछ छ ।

radha_photo-56

निर्देशक योगेश घिमिरेका अनुसार ७० लाख लागतमा ‘राधा’ निर्माण भएको हो । पब्लिसिटी खर्चसहित यो चलचित्रले बक्स अफिसमा २ करोड अनिवार्य कारोबार गर्नुपर्ने अवस्था आएको हो ।
यस चलचित्रमा राधा र कृष्णको कथा नभई कलियुगको राम र राधाको कथा रहेको निर्माण पक्षले जनाएको छ । फिल्मको छायाँकन पूर्वको झापालगायत ईलाम र भारतको दार्जेलिङमा गरिएको हो ।

Comments