कुमारले नचाए ‘रमाउँछु जुन’सँग भन्दै दीलिप–उषालाई (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, ११ कार्तिक बिहीबार
no img

काठमाडौं, ११ कार्तिक । सात समुद्रपारी पुगेपनि नेपाली मन सधै नेपालमै हुन्छ भन्ने उदाहरण कलाकार तथा स्रष्टाहरुले दिँदै आएका छन् । यस्तै, अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार कुमार दुमी राईले नेपाली गीतसंगीतलाई गत वर्ष ‘अपेक्षा मेरो’ नामक गीति एल्बम दिए । एल्बमका गीतले  सोचेभन्दा राम्रो सफलता पाएपछि उनी झनै गीतसंगीतमा हौसिए । उक्त एल्बममा समावेश ‘सोई ढोलेसोई’  बोलको गीतले चर्चा पाइरहेकै बेला कुमारले ‘रमाउँछु जुन’ बोल गीतको भिडियो सार्वजनिक गरेका छन् । यो उनको ‘अपेक्षा मेरो’मा समावेश छ ।

usha
उनले एल्बम चाँडै एल्बम ‘आकांक्षा’ सार्वजनिक गर्ने पनि बताए । ‘आकांक्षा’मा कबी ताम्लिङको एकल शब्दरचना र कुमारको एकल संगीत रहेको छ । एल्बममा राजेशपायल राई, मेलिना राई, श्रेयसी चेम्जोङ, जुना प्रसाइँ, प्राश्ना शाक्यजस्ता चर्चित गायक–गायिकाको स्वर सुन्न सकिन्छ ।
‘रमाउँछु जुन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेपछि यी गायक तथा संगीतकारले भने, ‘यो ज्यान जहाँ भएपनि मेरो मन नेपाली गीतसंगीतमै छ ।’ उनले आफ्नो जन्मथलो नेपाल सम्झेर कर्मथलोबाट प्रस्तुत भिडियो सार्वजनिक गरेको बताए ।
कुमारले यसअघि आफ्नो ‘सोई ढोलेसोई’ गीतको भिडियोमा र्चिर्चत हास्यकलाकार विल्सनविक्रम राई र गीता राईलाई अभिनय गराएका थिए । जसबाट उनले सांगीतिक जस पनि पाए । यसपटक भने उनले अमेरिकामै रहेका अभिनेता दीलिप रायमाझी र अभिनेत्री उषा पौडेललाई अभिनय गराएका छन् । भिडियोमा दीलिप र उषाको केमेष्ट्री जमेको छ । गायक तथा गीतकार कुमार भन्छन्, ‘यस गीत तथा भिडियोलाई पनि दर्शक–श्रोताले रुचाउँछन् भन्ने लागेको छ ।’ अमेरिकाकै विभिन्न स्थानमा छायांकन गरिएको यस भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

Comments