सुरु हुनै लाग्दा ‘युनिटी’बाट किन निकालिए डब्बु ?
screennepal
प्रकाशित: २०७३, १० कार्तिक बुधबार
no img

काठमाडौं, १० कार्तिक । नेटवर्किङ मार्केट युनिटीबारे त धेरैलाई थाहैछ । ६० को दशकमा निकै फस्टाएको यो नेटवर्किङ बन्द भएको पनि धेरै भइसक्यो । हजारौं सर्वसाधारणलाई व्यवासायिकको नाममा ठगी गरेको आरोप लागेको त्यही नेटवर्किङ व्यवसायिक युनिटीमा आधारित बन्न लागेको चलचित्र ‘युनिटी’ बन्न नपाउँदै विवादमा आएको छ ।

dabbu
पत्रकार उज्वलजंग शाह र लक्ष्मी ढकालको निर्माणमा बन्न लागेको यो चलचित्रबाट निर्देशकका रुपमा अनुबन्धित भएका पत्रकार डब्बु क्षेत्री निकालिएका छन् । यसअघि डब्बुले निर्देशन गर्ने भनिएको यो चलचित्र अब कसले गर्ने भन्ने यकिन छैन । तर, डब्बुले भने निर्देशन नगर्ने पक्कापक्की भएको छ ।
‘युनिटी’ निर्देशनको जिम्मेवारीबाट डब्बुलाई फिल्मीशैलीमै आउट गरिएको हो । यो चलचित्र कार्तिक ४ गतेबाट छायांकन सुरु हुने भनिएको थियो । कलाकारलाई एक महिनाभन्दा बढी समय वर्कशप गराएर चलचित्र फ्लोरमा जानैलाग्दा डब्बु निकालिएका हुन् । यसबारे पत्रकार डब्बुले भने, ‘हो मलाई आउट गरियो । तर, के कारणले हो, त्यो मलाई नै थाहा छैन ।’

उनका अनुसार गएको असोज २७ गते लोकेशन हेर्न जाने योजना थियो । त्यही अनुसार दशैं मनाउनेवित्तिकै २७ गते नै राजधानी फर्केको डब्बुले बताए । उनले भने, ‘२७ गते लोकेशन हेर्न जाने र ३० गते शुभ मुर्हुत गरी कार्तिक ४ गते फ्लोरमा जाने कुरा थियो । तर, जब २७ गते म काठमाडौं आइपुगेँ, तब निर्माता उज्वल शाहको फोनको स्वीच अफ थियो । ३० गतेसम्म सम्पर्क हुन सकेन । १ गते मलाई आउट गरिएको थाहा भयो ।’ उनले चलचित्र ‘युनिटी’ का लागि ६ महिना अघिदेखि काम गर्दै आएको बताउँदै भने, ‘यस ६ महिनाको मैले एक पैसा पनि लिएको छैन ।’ उनले अहिलेसम्म निर्माता उज्वल आफ्नो सक्पर्कमा नआएको बताए । ‘उहाँ (उज्वल) सम्पर्कमा हुनुहुन्न’ डब्बुले भने, ‘खाश हाम्रो सम्बन्ध रामै्र छ । म उहाँलाई सम्मान पनि गर्छु ।’ उनले अब चलचित्र ‘युनिटी’ मा आफू नभएको प्राविधिकलाई बताइसकेको बताउँदै भने, ‘कलाकारलाई पनि अहिलेसम्म थाहा दिएको छैन ।’
स्रोतका अनुशार पत्रकारबाट चलचित्र निर्माता बन्न लागेका उज्वल केही पारिवारिक झमेलामा छन् । केही दिनपछि समस्या सावधान गरेपछि मात्र साथीभाईसँग सम्पर्कमा उनी आउने स्रोतको भनाइ छ ।

Comments