‘परदेशीको उमंग’ले भक्कानिए दर्शक !
screennepal
प्रकाशित: २०७३, १ कार्तिक सोमबार
no img

काठमाडौं, १ कार्तिक । चलचित्र ‘परदेशीको उमंग’ अष्ट्रेलियाो सिड्नीमा प्रदर्शन भएको छ । चलचित्र हेरिसकेपछि दर्शक भकानिँदै बाहिरिएका थिए । चलचित्र अत्यन्त्य राम्रो भएको उनीहरुले बताए ।
असनेपालन्युजको प्रायोजनमा प्रस्तुत गरिएको चलचित्र हेर्न आउनेले मन छोएको बताए । नेपाली दर्शकको बाक्लो उपस्थिति सो कार्यक्रममा चलचित्र हेर्दा एक ‘एयर क्याप ‘निशुल्क पाएपछि दर्शक खुसी भएका थिए । न्यु साउथ वेल्सका महावाणिज्य दुत दीपक खड्काले यस्तो चलचित्रलाई प्रत्येक शहरमा पुर्याएर जनचेतना जगाउनुपर्ने बताए ।

umnag-pic

एनआरएन ग्लोवलका प्रवक्त्ता रञ्जु वाग्लेले सबै धर्म र जातजातिभन्दा माथि उठेर बनाइएको यो चलचित्र सबैतर्फ प्रदर्शन हुनुपर्ने बताइन । नईफाका अध्यक्ष्य सागर अधिकारी, सकारात्मक सोचका अभियन्ता भीमसेन सापकोटा, पेन्सस कम्युनिटीका तर्फबाट शम्भु पोख्रेलले चलचित्र निर्माता, निर्देशक तथा कलाकारलाई बधाई दिएकाक थिए ।
चलचित्रमा समाजको वास्तविकलाई यथार्थ रुपमा उतारिएको बताइएको छ । निर्माण पक्षका अनुसार चलचित्रमा एक अनौठो र सत्य घटनामा आधारित छ । यो चलचित्र अब अस्ट्रेलियाको अन्य विभिन्न शहरमा पनि प्रदर्शन हुँंदैछ । यो चलचित्र कत्तिक १२ गतेबाट नेपालमा प्रदर्शनमा आउने भएको छ । चलचित्रमा विनीता बराल र कुमार बिसीको मुख्य अभिनय रहेको छ । अर्जुन पोखरेल र बिबि अनुरागीको संगीत तथा कुमार महर्जनको एक्सन, अर्जुन जिसिको सम्पादन, रबिन्द्र बरालको सिनेमाट्रोग्राफी रहेको यस चलचित्रलाई शिव शर्माले निर्देशन गरेका हुन् ।

Comments