जितेनको “तिमी-बिना” संगै चार म्युजिक भिडियो सार्वजानिक
screennepal
प्रकाशित: २०७३, १४ आश्विन शुक्रबार
no img

नबिन बाबु गुरुङ/स्क्रिननेपाल
_mg_9042
“तिमीले साथ छोडीदिंदा मेरो के हाल भएको छ” एक दशक अघि निकै चर्चामा रहेको यो गीत अझै पनि धेरै संगीत प्रेमीलाई कण्ठस्थ छ | यो कर्णप्रिय गीतका गायक जितेन लेप्चा एकाएक यस बिचमा लगभग गुमनाम जस्तै भए | धेरै गीत-संगीत प्रेमीहरुको खोजीमा रहेको गायक जितेन लेप्चा फेरी नेपाली सांगीतिक क्षेत्रमा आफ्नो नयाँ सांगीतिक कोसेली तिमी बिना लिएर आएका छन् |

एसियन म्युजिकको साथमा उनले एल्बम तिमी बिना लिएर आएका हुन् | बिहिबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले आफ्नो पछिल्लो गीती संग्रह तिमी बिना सार्वजानिक गरेका हुन् |
बरिष्ट संगीतकार राजु सिंहको प्रमुख आतिथ्यमा नेपाली संगीतका विभिन्न हस्तीहरु बीच पत्रकार सम्मेलन गर्दै उनले आफ्नो एल्बम तिमी बिनालाई सार्वजनिक गरेका हुन् |

कार्यक्रममा उनको एल्बममा समावेश चार वटा गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो | तिम्रो जस्तो भाग्य, तिमी बिना, झिल्केले लगाएतका गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो | अनुप गिरी,जिबन रसाइली र अयूब केसी लगाएतले निर्माण गरेको म्युजिक भिडियोलाई कार्यक्रममा प्रदर्शनी गरिएको थियो |
_mg_9023
कार्यक्रममा बोल्दै बरिष्ठ संगीतकार राजु सिंहले जितेन निकै राम्रो प्रतिभा भएको बताउंदै गायनलाई निरन्तरता दिन जितेनलाई सुझाए | यस्तै आफ्नो आर्थिक अवस्था र विभिन्न कारणले गर्दा एल्बम निकाल्न नसकिएको बताउंदै गायक लेप्चाले एसियन म्युजिकले आफ्नो सांगीतिक जीवनमा पुनर्जन्म दिएको बताए | अहिलेको अवस्थामा पनि एउटा गायकलाई हौसला प्रदान गर्दै एसियन म्युजिकले एल्बम नै निकाल्न उत्प्रेरणा प्रदान गर्दै आफुलाई सांगीतिक भविष्यमा डो-याईदिएकोमा एसियन म्युजिकका इश्वर गुरुङ् प्रति उनले आभार ब्यक्त गरे |

कार्यक्रममा जितेनको गीत र म्युजिक भिडियो हेरिसके पछि उनलाई शुभकामना सुभेक्छा प्रकट गर्दै उनको स्वरको प्रसंसा गर्नेहरु प्रसस्त भेटीए|

Comments

सम्पर्क

ठकुरी क्रिएसन प्रा. लि.
अनामनगर-३२ काठमाडौ, नेपाल
फोन : ९८४१३३८२०६
ई-मेल : screennepal@gmail.com

हाम्रो टीम

कार्यकारी सम्पादक : एमपि सुब्बा

यस स्क्रीन नेपाल डट कम ठकुरी क्रिएसन प्रा. लि. द्वारा संचालित न्युज पोर्टल हो ।

© Copyright @screennepal

सूचना विभाग दर्ता नं. – ७२२/०७४/०७५