नोपाली संगीतमा करणराज डेढ दशक
screennepal
प्रकाशित: २०७३, १४ आश्विन शुक्रबार
no img

काठमाडौं, १४ असोज । नेपाली सांगीतिक क्षेत्रमा करणराज कार्कीको आशालाग्दो उदय भएको छ । करिब १६ वर्षअघि नै श्यामसुन्दर आचार्यसँग संगीत प्रशिक्षण लिएका उनी यतिखेर नयाँ–नयाँशैलीका गीतसंगीत सिर्जनामा सक्रिय छन् ।

karanraj1

तस्बिरमा करणराज (वायाँ)

संगीत क्षेत्रमै केही गरेर देखाउँने सोचका साथ अगाडि बढेरका उनले वनारस घरनाबाट गुरुशिक्षा परम्परागत प्रशिक्षण लिएर नेपाल फर्केका हुन् । नेपाली सुगम संगीतको क्षेत्रमा आधा दशकदेखि निरन्तर संघर्षरत संगीतकार करणराज कार्की गायनमा समेत पोख्त छन् । तर, आफूलाई गायनमा भन्दा संगीतमा सक्रिय गराएका छन् ।
‘इथोज’ ब्याण्डले निकालेको एल्वममा समावेस ‘गल्ति मेरो छैन…’ बोलको गीतमा संगीत भरेर संगीतकारको रुपमा आफुलाई उभ्याएका उनले स्टुपिड मन, इच्छालगायतका चलचित्रमा संगीत दिइसकेको बताए । डेढ दशकको सांगीतिक यात्राका क्रममा संगीतकार करणराजले पछिल्लो दिनमा फुटकर गीतमा मात्र होइन चलचित्रको गीतमा समेत संगीत भर्न ब्यस्त भएका छन् ।

Comments