जस्मिन भइन् १४औं ‘मिस टिन नेपाल’
screennepal
प्रकाशित: २०७३, १२ आश्विन बुधबार
no img

काठमाडौं, १२ असोज । २१ प्रतिस्पर्धीलाई उछिन्दै ‘१४औं मिस टिन नेपाल–२०१६’को उपाधि काठमाडौंकी १७ वर्षीया जस्मिन खड्काले जितेकी छन् । काठमाडौं जेसिसद्धारा मंगलबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजिता अन्तिम प्रतिस्पर्धामा उनले शिर्ष उपाधिसँगै मिस फोटोजिनक र विभिन्न उपहारसमेत प्राप्त गरिन् ।

miss
यस्तै, सो प्रतियोगितामा काठमाडौंकी १८ वर्षीैया उर्जा नेवा ‘फस्ट रनर अप’ भईन् । उर्जाले ‘मिस डिसिप्लेन’को उपाधि समेत प्राप्त गरिन् । ‘सेकेन्डर रनर अप’को उपाधि काठमाडौंकै १८ वर्षीया अनुष्का अधिकारीले हाँसिल गरिन् । अनुष्काले पनि उपाधिसँगै विभिन्न उपहार पाईन् ।
सो प्रतियोगितामा अन्य केही उपाधि तर्फ ‘मिस फ्रेण्डसिप’को उपाधि अनु सुवेदीले पाईन् । ‘मिस भिवर्स च्वाईस’को उपाधि रेजिना डिसीले हाँसिल गरिन् ।
‘बेस्ट ड्रेस’को अवार्ड तृषा श्रेष्ठले जितन भने ‘मिस पर्सनालिटी’को अवार्ड प्रमु गुरुङले हाता पारिन् । यस्तै ‘मिस पब्लिक च्वाईस्’ को उपाधि ऋतिका शाक्य र ‘मिस ट्यालेन्ट’को उपाधि सृष्टी अधिकारीले प्राप्त गरिन् ।
जेसी विवस कर्मचार्यको अध्यक्षतामा सम्पन्न मिस टिन नेपाल–२०१६को अन्तिम प्रतिस्पर्धाका निर्णायकमा पूर्व मिस नेपाल जेनिशा मल्होत्रा, जेसिआई सिनेटर अजयरत्न तुलाधर, अभिनेता एवं मोडल मञ्चिन शाक्य, फेशन डिजाईनर मुक्ता श्रेष्ठ, पत्रकार पुष्करभक्त माथेमा र पत्रकार डब्बु क्षत्री थिए ।
किशोरीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति, सामाजिक कार्यमा अग्रसरता र नेतृत्वदायि भूमिकाको लागि काठमाडौं जेसिसले १४ वर्ष देखि मिस टिन नेपाल आयोजना गर्दै आएको काठमाडौं जेसिसको अध्यक्ष सुमन महर्जनले कार्यक्रममा जानकारी गराए ।  सो प्रतियोगिताको कोरियोग्राफरमा पूर्व मिस टिन कोन्साङ मोक्तान श्रेष्ठ र सह कोरियोग्राफरमा केसू खड्का थिए ।

Comments