यस्ता छन् ‘नेपाल्स नेक्स सुपर मोडल’ का स्पर्धी
screennepal
प्रकाशित: २०७३, ११ आश्विन मंगलवार
no img

काठमाडौं, ११ असोज । ‘नेपाल्स नेक्स सुपर मोडल–२०१६’ का प्रतियोगीले राजधानीको होटल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रबीच आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । आर एन्ड आर गु्रपले आयोजना गरेको यस प्रतियोगितामा प्रि–जजमेन्ट राउण्डअन्तर्गत उनीहरुले व्यक्तित्व, क्याटवाट, बेस्ट फिगर, बतृत्व कला, सुन्दरता शिर्षकमा प्रतिभा प्रस्तुत गरेका हुन् ।

nepals
रोजिन शाक्यले कोरियोग्राफी गरिरहेको यो प्रतियोगिताको प्रि–जजमेन्ट राउण्डमा प्रतियोगीले कुल प्राप्त अंकको ५० प्रतिशत पाउने आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् ।
प्रि–जजमेन्ट राउण्डको निर्णायकमा नमुना फेशन अफ टेक्नोलोजी कलेजका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ, नेपाल बुटिक एसोसियसनका संस्थापक अध्यक्ष उज्जलकृष्ण श्रेष्ठ, कानून व्यवसायी लक्ष्मण महर्जन, कोरियोग्राफर रोजिन शाक्य र सञ्चारकर्मी डब्बु क्षत्री थिए ।
प्रतियोगितामा सुजिता फुयाँल, करिश्मा केसी, अरुना थापा, मानश्वी खरेल, सुष्मा तामाङ, चिजु लामा, रेनु सुवेदी, सोनिया गुरुङ, दिव्या आचार्य, प्रतीक्षा सिम्खडा, प्रज्ञा तिवारी, पवित्रा राई, रिजु बासुकला, बिद्या बस्नेत, सरिता रामदान, बेनिशा थापा, मेन्दीइ नकर्मी, ज्योत्सना सुवेदी, प्रेक्षा खड्गी, नमुना गिरी, शिक्षा गुरुङ, शिखा लामा, सिमा श्रेष्ठ रहेका छन् । यस्तै बाँकी प्रतियोगीमा सबनम गुरुङ, लुना शर्मा गौतम, प्रस्था राई, कुशुम देउजा, प्रियंका थापा, रसिया प्रधान, सोनाम याङजोम, कुसुम तामाङ, सविता पौडेल, एकता लामा, लसता रञ्जितकार, साहारा गुरुङ र अलिशा गौतमलगायका ३९ जनाले स्पर्धा गरिरहेका छन् ।
नेपाल्स नेक्स सुपर मोडलको बिजेता घोषणा आगामी १४ असोजमा राजधानीको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुने पनि श्रेष्ठले बताइन् ।

Comments