‘कलेज क्वीन नेपाल’ बन्न १७ छात्रा भिड्दै
screennepal
प्रकाशित: २०७३, १० आश्विन सोमबार
no img

c1

काठमाडौं, १० असोज । ‘कलेज क्वीन नेपाल’ बन्न यतिखेर १७ छात्रा प्रतिस्पर्धा गरिरहेका छन् । आरके इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित ‘कलेज क्वीन नेपाल–२०१६’ का यी प्रतियोगीले आइतबार राजधानीमा आ–आफ्नो प्रतिभा देखाएका छन् । उनीहरुले ट्यालेन्ट राउण्डअन्र्तगत नृत्य, गायन तथा अभिनयलगायतका प्रतिभा देखाए । स्कुल प्रिन्सेस नेपाल तथा किन्डरगार्डेन प्रिन्स प्रिन्सेस नेपालजस्ता शिक्षामूलक ब्युटी पेजेन्ट गर्दै आएको आरके इन्टरटेन्मेन्टले पहिलोपकट ‘कलेज क्वीन’ गर्न लागेको हो ।

14285615_1038078566308576_847781015_o
आरके इन्टरटेन्मेन्टका अध्यक्ष राम केसीका अनुसार शैक्षिक प्याकेजकै रुपमा ‘कलेज क्वीन नेपाल’ गर्न लागेको हो ।  कलेज अध्ययनरत छात्राहरुमा केन्द्रीत यस प्रतियोगिताको गर्नुको उद्देश्य बौद्धिकता प्रतिभा एवं ब्यक्तित्व मापन रहेको आयोजकले जनाएको छ । पहिलोपटक प्रतियोगिता गर्न लागेको भएपनि  नेपालभरका कलेज अध्ययनरत छात्रालाई समेट्न खोजेको केसीले बताए । ‘कलेज क्वीन नेपाल–२०१६’ मा प्रथम, दोश्रो र तेश्रो हुनेलाई छात्रबृत्तिसहित नगद तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीहरुलाई ३० दिन प्रशिक्षणपछि प्रतिस्पर्धामा उतारिँदैछ । प्रतियोगिताका अन्तिम स्पर्धा आउँदो १५ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा हुने जनाइएको छ ।

Comments