प्रीति बनिन् नयाँ ‘मिस मंगोल’
screennepal
प्रकाशित: २०७३, ९ आश्विन आईतवार
no img

काठमाडौं, ९ असोज । ‘मिस मंगोल नेपाल–२०१६’ को ताज काठमाडौं निवासी प्रीति गुरुङले जितेकी छन् । शनिबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लवमा सम्पन्न प्रतियोगितामा स्नातक अध्ययनरत पाँच फिट चार इञ्च प्रीतिले उपाधिसँगै एक लाख रुपैयाँ पुरस्कार पनि हात पारेकी छन् । उनले मिस पब्लिक च्वाइसको उपाधीसमेत हात पार्न सफल भइन् ।

img_9740
सिंगापुर इन्टरप्राइजेजको शिर्ष प्रायोजनामा भएको प्रतियोगितामा २५ युवती अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । जसमा धनकुटाकी बरुना राई र दैलेखकी योजना थापामगर क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप घोषित भए । योजनाले मिस ट्यालेन्टको उपाधी पनि हात पारिन ।

img_9778
रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितमा ताप्लेजुङकी रुपा आङबुहाङले मिस फ्रेन्डसिप र मिस फोटोजेनिक, झापाकी नविना कुलुङले मिस पङचुअल, बागलुङकी खुसी मगरले मिस लिडरसिप, ताप्लेजुङकी मञ्जु लिम्बुले मिस बेस्ट हेयर, काठमाडौंकी डायना बान्तवा राईले मिस बेस्ट स्किन र स्याङजाकी कोपिला गाहाले मिस डिस्सिप्लिनको उपाधी हात पार्न सफल भए ।
प्रतियोगीतामा द हाइलेन्ड आर्टको तर्फबाट फेसन डिजाइनर कल्पना योङहाङले तयार गरेको ढाकाको साडी, सिंगापुर एअरलाइन्सको पोसाक निकै आकर्षण बनेको थियो । प्रतियोगीतामा पुर्वमिस नेपाल सुविन लिम्बु, अभिनेता कृष्ण मल्ल, हेयर स्टाइलिस्ट निलडेभिड कटवाल, शिक्षासेवी यम पुन,संगीतकार शान्तिराम राई, पुर्वमिस मंगोल नेपाल बर्षारानी गुरुङ, मनिका राई र बासुदेव दाहाल निर्णायकका रुपमा रहेका थिए ।
कार्यक्रममा राजेशपायल राई, सुसन सामसोहाङको गीत, जोफेन लामा, लक्ष्मी योङहाङलगायतको नृत्यले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो ।

Comments