‘सत्यदिप’को पब्लिसिटीबाट सविना आउट !
screennepal
प्रकाशित: २०७३, ७ आश्विन शुक्रबार
no img

काठमाडौं, ७ असोज । चलचित्र प्रदर्शनको बेला प्रचारप्रसारका लागि निर्माण युनिटलाई कलाकारको साथ चाहिन्छ । तर, पछिल्लो समय प्रदर्शनमा आएका र आउन लागेका केही चलचित्रलाई कलाकारले साथ नदिएका समाचारहरु आइरहेका छन् ।

shatyadeep4
यस्तै, प्रचारप्रसारमा साथ नदिएको भन्दै १४ असोजमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘सत्यदीप’ले अभिनेत्री सबिना केसीलाई प्रचारप्रसार भन्दा बाहिर राख्ने निर्णय गरेको छ । फुर्सद हुँदाहँुदै प्रचारप्रसारमा निर्माण युनिटलाई साथ नदिएको भन्दै केसीलाई प्रचार प्रसारभन्दा बाहिर राख्ने निर्णय निर्माणपक्षले जनाएको छ ।

shatyadeep6
पटकपटक खबर गर्दा पनि आउँछु भन्ने, कुराउने तर नआउने गरेको कारण सबिनालाई मिडिया पब्लिसिटीबाट बाहिर राख्ने निर्णय गरेका हौ’ निर्माता बिनय राम श्रेष्ठले भने ‘यो मेरो मात्र होइन, पुरै युनिटको निणर्य हो ।’ चलचित्र खेल्ने बेलामा पछि लाग्ने अहिले चलचित्रलाई आवश्यक पर्दा बिभिन्न बहाना बनाउनेलाई कारबाही गर्नैपर्ने उनको भनाइ  छ ।
‘सत्यदीप’ बिनयराम श्रेष्ठको निर्माण र पुष्कर घिमिरेको डेब्यु निर्देशन रहेको चलचित्र हो । गीतसंगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने ‘सत्यदिप’ मा रबि गिरी, उमा बेबी, दिब्येश्वर गौतम, सबिना केसी, जीवन गिरी, श्याम केसीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
प्रेम रोमान्स र एक्सनले भरिपुर्ण चलचित्रले भ्रष्टहरुलाई समाजबाट बहिस्कार गर्न युवाहरुले आवाज बुलन्द पार्नुपार्ने कथा उठाएको छ । उपत्यकाको आसपासमा दृश्य समेटिएको चलचित्रमा शम्भु सापकोटाको छायाँकन, कमल राइको नृत्य र अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रमा अर्जुन पोखरेलका संगीतकमा निकै कणप्रिय गीतहरु समेटिएका छन् ।

Comments