८ असोजमा च्यारिटी गर्दै ‘यारी’
screennepal
प्रकाशित: २०७३, २ आश्विन आईतवार
no img

030

काठमाडौं, २ असोज । आधुनिकता राष्ट्र र समाज विकासको सुचक हो । तर, बढ्दो आधुनिकताले कला, संस्कृतिमाथि भने पक्कै असर गरिरहेको हुन्छ । यस्तै विषयवस्तुमा एक नेपाली चलचित्र निर्माण भएको छ । बरिष्ठ छायांकार युवराज राई ‘बिरबहादुर’को लेखन तथा निर्देशनमा ‘यारी’ निर्माण भएको छ । जुन चलचित्रमा आधुनिकताले किरात समुदायको कला, शीप, संस्कृति र रहन–सहनमा पु¥याएको नकरात्मक तथा सकरात्मक पक्षलाई चित्रण गरिएको छ । यो चलचित्र आँउदो ८ गते चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा च्यारिटी हुँदैछ ।

031

निर्देशक युवराजका अनुसार दर्शकबाट चलचित्रको कमजारी औल्याउन च्यारिटी गर्न लागिएको हो । उनले भने, ‘यस च्यारिटीमार्फत कमजोरी औल्याए सुधार्ने मौका पाउँनेछु ।’
सिलिचुङ फिल्मस्को ब्यानरमा प्रविन राई र उर्मिला राई ‘सरु’ को निर्माण रहेको यस चलचित्रको प्रस्तुतकर्ता गणेश गिरी हुन् भने कार्यकारी निर्माता दक्ष राई रहेका छन् । भोजपुरको मोयुङ, साल्पा, दोभाने तथा खोटाङ र सोलुका केही स्थानमा समेत छायांकन गरिएको यस चलचित्रमा श्याम राई, कल्याण राई, निर्भिक राई, ज्योति राई, प्रविन राई, विस्मिता राई लगायतका कलाकारको अभिनय रहेको छ ।

Comments