विरविक्रम : रिलिजपछि ‘टलटल टल्कियो’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १ आश्विन शनिबार
no img

काठमाडौं, १ असोज । अधिकांश निर्माता तथा निर्देशकले आफ्नो चलचित्र रिलिज अगावै गीत रिलिज गर्छन् किनकि चलचित्रको सफलतामा गीतसंगी पनि एक कडी मानिन्छ । तर, निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘विरविक्रम’का लागि यो सोचाइ लागू भएन, जो पछिल्लो समय रिलिज भएका चलचित्रमध्ये सफल दरिएको छ । अहिले ‘विरविक्रम’ले देश–विदेशमा सफलता हासिल गरिरहेको छ । तर, एउटा गीत बल्ल रिलिज गरिएको छ । चलचित्रको ‘टलटल टल्कियो’ बोलको गीत शुक्रबारमात्रै रिलिज गरिएको छ । नेपालीपन झल्काउने यो मारुनी गीतमा गायक राजेशपायल राई र अनिला राईको स्वर छ । जसलाई दर्शकले निकै रुचाएका छन् ।

anila

Anila, Singer

‘टलटल टल्कियो’ ‘विरविक्रम’ हेर्ने दर्शकका लागि सस्पेन्स बनेको थियो किनकि यो प्रमोशनमा ल्याएको थिएन । तर, अहिले यु–ट्युबका दर्शकले यो गीतलाई निकै रुचाएको पाइन्छ । यो गीत यु–ट्युबमा रिलिज गरिएको २४ घण्टा नवित्दै साढे १५ हजारभन्दा बढीले हेरिसकेका छन् । हुन त यो चलचित्रको प्रमोसनल गीतलाई पनि दर्शकले रुचाएका थिए । चलचित्र रिलिज भइसकेर अपलोड गरिएको ‘टलटल टल्कियो’ गीतलाई पनि उत्तिकै रुचाएका छन् । यो गीत चलचित्रअगावै रिलिज गरिएको भए ‘विरविक्रम’ले थप सफलता हासिल गर्न सक्थ्यो किनकि नेपाली समाजमा मारुनी गीतको एक किसिमको छुट्टै दर्शक तथा श्रोता छन् ।
जेमन सुबेदीको शब्द र ताराप्रकाश लिम्बूको संगीत रहेको ‘टलटल टल्कियो’ पप फ्युजनशैलीको मारुनी गीत हो । यस गीतमा स्वर दिने भर्सटायल गायक राजेशपाय र गायिका अनिलाले शब्दलाई न्याय दिएका छन् ।
गायिका अनिला चलचित्र ‘विरविक्रम’ को निर्मात्रामध्येकी एक हुन् । अनिलाका अनुसार चलचित्रमा उनको पनि लगानी छ । लोकगीत तथा आधुनिक गायनमा एक दशकभन्दा बढी विताइसकेकी गायिकाले हालैमात्र एकल एल्बम ‘स्वरांकन’ सार्वजनिक गरेकी थिइन् । तर, अनिला लागि ‘टलटल टल्कियो’ रिलिजका हिसाबले पहिलो पाश्र्वगीत हो । उनका अनुसार केही आधुनिक गायनसँगै केही चलचित्रमा पनि गाएका छन् । तर, रिलिज हुन बाँकी नै छन् ।

bir-bikram
‘विरविक्रम’को उक्त गीतबाट आफू सन्तुष्टि रहेको अनिलाले बताइन् । ‘मलाई मन परेरै टलटल गाएकी हुँ’ एक दशकदेखि बेलायत बस्दै आएका अनिलाले भनिन्, ‘मलाईजस्तै श्रोता तथा दर्शकले पनि मनपराईदिँदा खुसी छु ।’ बेलायतमा बसेर पनि नेपाली गीतसंगीत क्षेत्रलाई निरन्तरता दिँदै आएका अनिलाले केही समयअघिमात्र आफ्नो ‘स्वरांकन’ एल्बमको तीन म्युजिक भिडियो पनि सार्वजनिक गरेकी थिइन । जसमा ‘आँखाभरी’ र ‘मेरो नजर’ बोल गीतको भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका छन् भने ‘बादलसँगै’ गीतको फोटोपत्रकार नविनबाबु गुरुङले निर्देशन गरेका हुन् ।
यी तीनै गीत तथा भिडियोले हिजोआज यु–ट्युबमा राम्रै दर्शक पाइरहेको छ । यसैबेला आफ्नो गायन तथा निर्माणसमेत रहेको ‘विरविक्रम’को ‘टलटल टल्कियो’ गीत रिलिज हुँदा निकै खुसी लागेको अनिलाले बताइन् । उनले भनिन्, ‘यो गीत चलचित्र रिलिजअगावै अपलोड गरेको भए राम्रै हुन्थ्यो । अहिले बल्ल रिलिज गरिएको छ । जेहोस् ढिलै भए पनि रिलिज गरिएको छ । खुसी नै छु ।’

हुन त यो चलचित्रले धेरैलाई खुसी बनाएको छ । सर्वप्रथम त निर्देशक मिलन चाम्स आफै दंग छन् । आफ्नो अघिल्लो चलचित्र ‘हँसिया’ले सोचेजति सफलता हासिल नगरेपछि ‘विरविक्रम’ बनाएका मिलन अहिले दंगमात्र छैनन्, उनले अर्को चलचित्र नै घोषणा गरिसकेका छन् । चलचित्र ‘विरविक्रम’ यस्तो चलचित्र साविच भएको छ जो निर्माता, निर्देशक, कलाकार, संगीतकार गायक÷गायिका सबैका लागि यादगर बन्यो ।
चलचित्र रिलिज हुन अगाडि ‘विरविक्रम’बारे अनेक आँकलन गरिएको थियो । कतिपयले केही चलचित्रसँग ‘कता कता मिलेको’ समेत भन्न भ्याए । तर, आँकलनका कुरा केवल कुरैमा सिमित भनेजस्तै ‘विरविक्रम’ ले नेपाली दर्शकमाझ बाजी मार्न सफल भएको छ । जसमा संगीतको पक्षको पनि अब्बल देखिएको छ । दयाहाङ राई, दिया पुन, अर्पण थापाहरुको भूमिका त ‘विरविक्रम’को लागि विक्रविक्रम नै ठहरिए ।

Comments