राहुलको ‘सुन गोरी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २९ भाद्र बुधबार
no img

rahul

काठमाडौं, २९ भदौं । एक समय नृत्य र अभिनयमा चर्चा कमाएका राहुल श्रेष्ठ ‘जेट्ली’ अहिले गायनमा देखिएका छन् । एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका राहुलले ‘सुन गोरी’ नामक एल्बम लिएर आएका छन् । ‘सुन गोरी’ एल्बम तथा भिडियोको राजधानीमा एक कार्यक्रमबीच चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठलगायतले सार्वजनिक गरेका थिए ।
राहुलले ‘लैजीमा’ नामक सांगीतिक समूह गठन गरी उक्त गीत तयार गरेका हुन् । एल्बम ‘लैजिमा’ समूहको पहिलो प्रस्तुती हो । ‘सुन गोरी’ गीतमा नरहरी प्रेमीको संगीत र करुणा बम्जनको शब्दरना रहेको छ । दीपकको खाँडको निर्देशन रहेको यस गीतको भिडियोमा राहुल, उर्मिला रायमाझी, एञ्जेल श्रेष्ठ र अन्दाज घिसिङको अभिनय रहेको छ ।
एल्बम सार्वजनिकपछि राहुलले भने, ‘सानैदेखि गीतसंगीतमा पनि रुचि थियो । तर, गायन र अभिनयमै बढी भुलियो । त्यही रहर पूरा गर्न सांगीतिक समूह गठन गरी यो एल्बम ल्याएको हुँ ।’ उनको सांगीतिक समूह ‘लैजिमा’ मा राहुलसहित पाँच सदस्य छन्, जसमा रजत रिजाल, नरेश चौधरी, दीपक कुबार र अमाहद रिजाल रहेका छन् ।
२०५३ सालबाट नृत्यमार्फत कलाकारितामा प्रवेश गरेका राहुलले ‘खेलाडी’, ‘स्वर्गकी परी’, ‘कसलाई दिउँ यो जोवन’लगायत एक दर्जन चलचित्रमा अभिनय गरेका छन् भने दुई दर्जनभन्दा बढी चलचित्रमा कोरियोग्राफी गरिसकेका छन् । पछिल्लो समय गायनमा प्रस्तुत भएका राहुलले भने, ‘अबका दिनमा भने गायन र मोडलिङलाई प्राथमिकता दिनेछु ।’

Comments