रहेनन् चर्चित गायक-संगीतकार सुनिल बर्देवा
screennepal
प्रकाशित: २०७३, २८ भाद्र मंगलवार
no img

नेपली सांगीतिक क्षेत्रले मात्र दुइ हप्ताको फरकमा फेरी एक हनोहार प्रतिभा गुमाउनु परेको छ | नेपाली संगीतका एक हस्ती, पप संगीतको एक मेरुदण्ड सुनिल बर्देवाको मंगलबार साँझ दुखद निधन भएको छ| दुई हप्ता अघि मात्र लोकप्रिय गायक खेमराज गुरुङलाई नेपाली सांगीतिक क्षेत्रले गुमाउनु परेको थियो |

गायनमा मात्र नभई गीत लेखन, संगीत, संगीत संयोजन लगायत राम्रो बाध्य बाधक समेत रहेका उनि मंगलबार अचानक बिरामी परे पछि त्रि.वि. शिक्षण अस्पताल भर्ना भएका थिए| जन्डिस सङ्क्रमित बर्देवाको उपचारको क्रममा मंगलबार साँझ शिक्षण अस्पतालमा निधन भएको हो |

गोरेटो अनि उस्तै छ गल्लि, बिहानीमा , यो साँझ यो रात लगाएत दर्जनौ गीत संगीत लोकप्रिय छन्| बर्देवाको एक छोरा र एक छोरि छन्| दुई बर्ष अघि श्रीमती गुमाएका सुनिल बर्देवा काठमाडौँ बालुवाटारका स्थाई बासिन्दा हुन्|

बुधबार बिहान प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीको लागी बर्देवाको शव राखिने भएको छ | त्यसपछि दिउँसो पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने बताइएको छ |

Comments