भिडियो बनाएको ११ वर्षपछि रिलिज ! (हेर्नुस् भिडियो)
screennepal
प्रकाशित: २०७३, २८ भाद्र मंगलवार
no img

काठमाडौं, २८ भदौं । पुर्बेली गायक तथा संगतीकार अडिराम राईले ‘कोशी बगर’ बोल गीतको भिडियो करिब ११ बर्षअघि बनाएका थिए । उक्त म्युजिक भिडियो गायक राईले अहिले बल्ल यु–ट्युबमार्फत सार्वजनिक गरेका छन् । पुर्वमा सुपरहिट मानिएको सो गीत बुढापाका सबैको मुखमा झुन्डिएको पाइन्छ ।गायक राई वैदेशिक रोजगारीक्रमा लामो समयदेखि दुबइमा रहँदै आएका छन् । यसपालि छुट्टीमा आएको बेला उनले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । प्रकाश भट्टले निर्देशन गरेको यस भिडियोमा पुजना र हेमराजले अभिनय गरेका छन् ।

Comments