मिुनको स्वरमा मालालाई ‘फन फनी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १४ भाद्र मंगलवार
no img
minu

Minu Gaire

काठमाडौं, १४ भदौं । नेपाली नारीको विशेष पर्व तीज नजिकिँदै गर्दा गायिका मिनु गैरेलाई भने ‘फन फनी’ भएको छ । अधिकांश गायक÷गायिकाले तीज लक्षित गीत निकालिरहँदा मिनुले एक डान्सिङ बीटको आधुनिक गीत रिलिज गरेकी छन् । जुन गीतले अहिले नेपाली सांगीतिक बजारमा चर्चा पाइरहेको छ ।
मिनुले ‘फन फनी’ बोलको गीत तथा भिडियो आफ्ना श्रोताका लागि ल्याएकी छन् । उक्त आफ्नो गीतको भिडियोमा मिनुले पनि फन फनी कम्मर मर्काएको देख्न सकिन्छ । यो भिडियो हालै यु–ट्युबमार्फत रिलिज गरिएको हो । माला लिम्बू र नरेशलाई फिचरिङ गरिएको यो भिडियो तथा गीत यु–ट्युबका दर्शक एवं श्रोताले निकै रुचाएका छन् । डीपी खनालको शब्दरचना र विनय केटुको संगीत रहेको यस भिडियोलाई सुसन कक्डेलले निर्देशन गरेका हुन् ।

Comments