पुनः भोजपुरीमै निखिल !
screennepal
प्रकाशित: २०७३, १४ भाद्र मंगलवार
no img

काठमाडौं, १४ भदौं । अभिनेता निखिल उप्रेती पछिल्लो समय नेपाली चलचित्रमा खाशै देखिएका छैनन् । निकै लामो समय हराएर ‘भैरव’ मा देखिएका उनी अहिले चलचित्र क्षेत्रमा गुमनामै छन् । यसैबेला निखिल अब पुन भोजपुरी भाषाको चलचित्रमा देखिने भएका छन् । करिब सात वर्षपछि उनी भोजपुरीमा देखिन लागेका हुन् । उनी अभिनीत भोजपुरी चलचित्र ‘मजाक’ को फष्टलुक सार्वजनिक गरिएको छ ।

nikhil-uprety
माँ कमला फिल्म इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘मजाक’ मा निखिलका अलावा समिता गिरी, लालकिशोर यादब, अभिनाश यादब, अजय सिन्हा र राजेश यादबको अभिनय रहेको छ । यस चलचित्रलाई मिथिलेस निसाधले निर्देशन गरेका हुन् । चलचित्रमा युपीका पारशमणीको गीत र संगीतमा उदित नारायण झा, मोहम्मद अजिज, अल्का झा, खुश्बु जैन, मोहन राठौर र श्वेता तिवारीले गीतमा स्वर दिएका छन् । यस चलचित्रलाई लालकिशोर यादबले निर्माण गरेका हुन् ।

Comments