बिजय लामाको ‘जुनेली रातमा’
screennepal
प्रकाशित: २०७३, १४ भाद्र मंगलवार
no img

काठमाडौं, १४ भदौ ।  चर्चित गायक बिजय लामाले आफ्नो ल्हास्सो एल्बममा समावेश गीत जुनेली रातमालाई री-रेकर्ड गरेर म्युजिक भिडियो ल्याउने भएका छन् | धेरै अगाडी लोकप्रिय गीत जुनेली रातमालाई उनले भर्खरै म्युजिक भिडियो छायांकन गरेका छन् |
14163768_10210954219042612_261596815_o
स्वर्गीय प्रदिप राईको शब्द तथा सुनिल सिंहको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई विभोर पोख्रेलले निर्देशन गरेका हुन् | यस्तै अनिल मानन्धरको छायांकन भएको यस म्युजिक भिडियोलाई जिबन थापाले सम्पादन गर्ने भएका छन्|
14137768_10210954200802156_338513594_n
मिस तामाङ् २०१२ का बिजेता सुमी मोक्तान र राजु ग्याबक ले अभिनय गरेको यस म्युजिक भिडियो छिट्टै सार्वजनिक गरिने गायक बिजय लामाले बताएका छन् |

Comments