गायक खेमराजको अधुरा सपना र केही गुनासाहरु !
screennepal
प्रकाशित: २०७३, ११ भाद्र शनिबार
no img

गुरुङलाई केही समयअघि राजधानीकै एक सुधारगृहमा करिब १२ दिन राखिएको थियो । त्यो समय बढी सकस भएको गुरुङले सुनाएको लुमुम्बुले बताए । लुमुम्बुले भने, ‘मंगलबार म अस्पतालमा भेट्न जाँदा आईसियुमा थिए । कर गरेर बल्ला भेट्न दिइयो । त्यो भेटको कुराकानीमा खेमराजले मलाई सुधारगृहमा बस्दा नरक जस्तो लागेको बताए ।’ यतिमात्र नभएर अस्पतालको आइसियुबाट समेत उनी जति चाँडो बाहिर निस्क्निु चाहेको सुनाएको लुमुम्बुले बताए ।

– एमपी सुब्बा
काठमाडौं, ११ भदौं । ‘वारी जमुना पारी जुमना’ र ‘बेहाल भयो जीन्दगी यो’जस्ता लोकप्रिय गीतका गायक खेमराज गुरुङको केही इच्छा र आकांक्षाहरु अधुरै रहे । नेपाली गायन क्षेत्रमा मात्र नभएर समाजमै केही गर्ने महत्वकांक्षी उद्देश्य र योजनाहरु बुनेका गुरुङ आफै धर्तीबाट अलविदा भए । गायय स्व. गुरुङ गीति पुस्तक ल्याउने तयारी गर्दै थिए । त्यसका लागि उनले कवि तथा लेखक शशि लुमुम्बुलाई गत जेठमै पाण्डुलिपी बुझाएको थिए ।

maxresdefault (1)
कवि लुमुम्बुले स्क्रीन नेपालसँग भने, ‘खेमराजको गीति पुस्तकको सम्पादन मैले नै गर्दैथिएँ । तर, तयार नभई उनी विते ।’ गुरुङ वितेर गएपनि उनको गीति पुस्तक निकाल्ने इच्छालाई पूरा गर्ने लुमुम्बुले बताए ।’ ‘यो उनको दोस्रो गीति पुस्तक हो’ लुमुम्बुले भने, ‘यसअघि उनले ढाक्रे नामक गीति पुस्तक ल्याएका थिए । तर, यो पुस्तक पनि उनका परिवारसँग सल्लाह गरेर प्रकाशन गर्नेछु ।’

आइतबार गुरुङको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ । 

कवि लुमुम्बुका अनुसार दिवंगत हुनभन्दा तीनदिन अगाडि गुरुङले केही गुनासो पोखेका थिए । गुरुङलाई केही समयअघि राजधानीकै एक सुधारगृहमा करिब १२ दिन राखिएको थियो । त्यो समय बढी सकस भएको गुरुङले सुनाएको लुमुम्बुले बताए । लुमुम्बुले भने, ‘मंगलबार म अस्पतालमा भेट्न जाँदा आईसियुमा थिए । कर गरेर बल्ला भेट्न दिइयो । त्यो भेटको कुराकानीमा खेमराजले मलाई सुधारगृहमा बस्दा नरक जस्तो लागेको बताए ।’ यतिमात्र नभएर अस्पतालको आइसियुबाट समेत उनी जति चाँडो बाहिर निस्क्निु चाहेको सुनाएको लुमुम्बुले बताए । ‘उनी जर्नल वार्डमा बस्न चाहन्थ्यो’ लुमुम्बुले भने, ‘तर, उनी बिहीबार सधैका लागि विदा भए ।’ गायक गुरुङको निधनले नेपाली संगीत क्षेत्रलाई अतुलनिय क्षति पुगेको बताउँदै लुमुम्बुले भने, ‘खेमराज गायन क्षेत्रका एक होनाहर व्यक्ति थिए ।’

स्व. गुरुङको सिक्किमका प्रभावशाली मन्त्री गर्जमान गुरुङसँग राम्रो सम्बन्ध थियो । त्यस कारण मन्त्री गर्जमानलाई खाँदबारी बोलाएर आफ्नै जग्गामा गुम्बा बनाउने योजनालाई पनि तिव्र बनाएका थिए । गुम्बा निर्माणमा लागेका कारण पछिल्लो समय गुरुङको बौद्धगुरु सोनाम वाङ्दीसँग पनि बाक्लो उठबस हुँदैथियो ।

गुरुङले सिक्किमलाई धार्मिक तथा पर्यटकिय रुपमा चिनाउँने उद्देश्यले गीति सिर्जनासमेत गरिहेका थिए । त्यसका लागि उनी आफ्नै खर्चमा पछिल्लो समय पटक–पटक सिक्किम पुगेका थिए । उनले तयार बनाएको सिक्किमबारे गीत केही रेकर्डिङ भइसकेका छन् भने केही रेकर्डिङका क्रममा रहेको कवि लुमुम्बुले बताए । स्व. गुरुङको सिक्किमका प्रभावशाली मन्त्री गर्जमान गुरुङसँग राम्रो सम्बन्ध थियो । त्यस कारण मन्त्री गर्जमानलाई खाँदबारी बोलाएर आफ्नै जग्गामा गुम्बा बनाउने योजनालाई पनि तिव्र बनाएका थिए । गुम्बा निर्माणमा लागेका कारण पछिल्लो समय गुरुङको बौद्धगुरु सोनाम वाङ्दीसँग पनि बाक्लो उठबस हुँदैथियो । तर, उनले न आफ्नो जग्गामा बौद्ध गुम्बा निर्माण गर्ने इच्छा पूरा गरे, न त सिक्किमको गीत नै तयार गर्न भ्याए ।
साथै, गुरुङ आउँदो अगस्टमा अमेरिका जाँदैथिए । गायनसँगै समाजसेवामा पनि सक्रिय स्व.गुरुङको अमेरिकाको भिषासमेत लागिसकेको थियो । उनी अमेरिकास्थित नेपाली होम नामक संस्थाको सहयोगार्थ सांगीतिक कार्यक्रममा लागि त्यसतर्फ जान लागेका थिए । अमेरिकाको आफ्नो सांगीतिक कार्यक्रममा लागि गुरुङले तयारी तिव्र बनाइरहेका थिए । पछिल्लो समय कमाइभन्दा खर्च बढी हुन थालेपछि केही तनावमा रहेका गुरुङले केही गरिब तथा असाहय बालबालिकालाई समेत सहयोग गर्दै आएका थिए ।
४२ वर्षीय गायक गुरुङको उपचारकै क्रममा बिहिबार साँझ चाहविलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शिक्षण अस्पतालमै छ । आफ्नी आमा र दिदी विदेशमा विदेशमा भएकाले उनको दाहसंस्कार गर्न ढिलाइ भएको हो ।
बेलायतमा रहेका आमा र ठूली दिदी शुक्रबारै आउने कुरा भएपनि उनीहरु शनिबार मात्र आइपुग्दैछन् । त्यसैले दिवंगत गुरुङको अन्तिम दाहसंस्कार आइतबार हुँदैछ । उनका पारिवारिक सुत्रका अनुसार आइतबार गुरुङको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ । त्यसपछि गायक गुरुङ सदाका लागि विदा हुनेछन् । तर, उनका कालजयी सिर्जनाहरु सधै बाचिरहनेछ ।
परिवारका एक्लो छोरा गुरुङका तीन दिदी–बिहिनी, पत्नी, आमा र दुई छोरा छन् । गुरुङको बाबुको करिब चार वर्षअघि नयाँ घरमा किनेर रंग लगाउँनेक्रममा लडेर निधन भएको थियो ।

Comments