के हो युनिटी ? यसबारे फिल्म बन्दै
screennepal
प्रकाशित: २०७३, ११ भाद्र शनिबार
no img

काठमाडौं, ११ भदौं । २०६० देखि ०६८को बीचमा नेपालमा फस्टाएको नेटवर्किङ व्यवसाय युनिटीले कतिको उठिबास भयो भने कतिपय मालामाल भए । यसको कुनै लेखाजोखा वा यकिन छैन । तर, अब यस विषयमा नेपाली चलचित्र ‘युनिटी’ निर्माण हुने भएको छ, जसले उक्त व्यसबासयको पछि कसको हात थियो भन्नेबारे भण्डाफोर गर्ने बताइएको छ । यस चलचित्रलाई ‘राहदानी’ निर्देशन गरेका पत्रकार डब्बु क्षत्रीले गर्न लागेको हुन् । भने निर्माण सिने मनबल इन्टरप्राईजेज र कर्पोरेट म्यागजिनको रहने भएको हो ।
यो चलचित्रको शुक्रबार राजधानीको होटल -याडिसनमा निर्माण घोषणा गरियो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र उधोग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सँयुक्त रुपमा ‘टाईटल’ उद्घाटन गरे ।

_MG_8843
महासंघका अध्यक्ष बिष्टले पत्रकारहरुको सँघर्ष र भ्रस्टाबार बिरुद्ध निर्माण हुन लागेको यो चलचित्रले पत्रकारहरुलाई ससक्त रुपमा प्रस्तुत गर्ने विश्वस व्यक्त गरे । उनले पत्रकारहरुका राम्रा पक्षसँगै यदी पत्रकारितको आडमा कसैले नराम्रो काम गरिरहेको छ भने त्यस्ता कुरालाई पनि चलचित्र युनिटी मार्फत बाहिर ल्याउन सुझाब दिए । पत्रकारद्धारा नै निर्माणर निर्देशन गर्न लागिएको यो चलचित्र राम्रो बन्ने विश्वास आफुले लिएको उनको भनाई थियो ।
उधोग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघसँग निर्माता संघ तथा चलचित्र संघको रुपमा चलचित्रकर्मीहरु समेत आबद्ध भएकोले महासंघ चलचित्र उधोगको विकाशको पक्षमा रहेको बताए । चलचित्र युनिटी एउटा फरक र सफल चलचित्रको रुपमा निर्माण हुने धारणा उनले कार्यक्रममा राखे ।
कार्यक्रममा राजधानी दैनिकका समाचार सम्पादक तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले यो चलचित्रले सिर निहुराउने काम नगरोस भन्दै नेपाली पत्रकारहरुले अन्याय अत्याचार भष्टाचार बिरुद्ध लड्दै आएको यथार्थ बाहिर ल्याओस भन्ने सुझाब दिए । अध्यक्ष बस्नेतले पत्रकारहरुको बलिदानको कथा नेपाली चलचित्रमा यस अघि राम्ररी आउन नसकेकाले युनिटी सम्पूर्ण नेपाली पत्रकारहरुको आफ्नो चलचित्र बन्ने विश्वास व्यक्त गरे ।
आटो मोवाईल पत्रकार संघका अध्यक्ष एवं कर्पोरेट म्यागजिनका सम्पादक÷प्रकाशक उज्ज्वल जँग शाहले नेपाली पत्रकारहरुको योगदानलाई सही रुपमा बाहिर ल्याउन आफुले यो चलचित्र निर्माण गर्न लागेको बताए । उनले २०६० देखि ०६८को बीचमा नेपालमा फस्टाएको नेटवर्किङ व्यसबासयको पछि कसको हात थियो भन्ने बारे यो चलचित्रले भण्डाफोर गर्ने पनि उनले खुलासा गरे ।
यस चलचित्रका निर्माता लक्ष्मी प्रसाद ढकालले आफुले हालै अमेरिका र बेलायतको चलचित्र बजार बुझेर र आएकाले नेपाली तथा बिदेशी बजारलाई सुहाउँदो चलचित्र युनिटी निर्मार्ण गर्न लागेको जानकारी गराए ।
हर्कुलेस बस्नेतको सँगीत, शैलेन्द्र सरद र डब्बु क्षत्रीको गीत, सुसन प्रजापतिको छायाँकन, शक्तिप्रज्वल घिमिरेको सम्पादन, सुलभ ढकालको निर्माण व्यबस्थापन यो चलचित्रमा रहने छ । जसमा कुमार महर्जनको द्धन्द्ध निर्देशन, सुष्मा महराको हेयर स्टाईल, शिक्षा श्रेष्ठको फेशन डिजाईन तथा स्टाईल, उज्ज्वलजँग शाहको कथा रहने छ ।
आगामी चैतमा रिलिज गरिने यो चलचित्रको असोजको पहिलो साताबाट छायाँकन सुरु हुने निर्देशक क्षत्रीको शुभारम्भ समारोहमा जानकारी गराए । चलचित्र आगामी चैतमा प्रदर्शन हुनेछ ।

Comments