धेरै कमाउने अभिनेत्रीको सुचिमा दीपिका पनि !
screennepal
प्रकाशित: २०७३, १० भाद्र शुक्रबार
no img

Deepika-Padukone-

मुम्बई, १० भदौ (एजेन्सी) । सबैभन्दा बढी कमाई गर्ने हलिउड अभिनेत्रीको सुचिमा बलिउड अभिनेत्री दीपिका पादुकोणको पनि नाम परेको छ । यस सुचिमा नाम पर्ने सबै अभिनेत्रीको कमाई एक करोड रहेको छ । यस सुचिमा ओस्कर विजेता जेनिफर लरेन्स, जुलिया रोबर्टस र फ्रेन्ड्स फेम अभिनेत्री जेनिफर एनिस्टनजस्ता चर्चित अभिनेत्री छन् ।
विश्व प्रशिद्ध पत्रिका फोब्र्सको २०१६ को यस सुचिमा ३० वर्षीया दीपिका एक्लो भारतीय अभिनेत्री हुन् । र, यसरी पहिलोपटक भारतीइ अभिनेत्रीको नाम परेको हो । यस सुचिमा उनी १०औं स्थानमा छिन् । फोब्सका अनुसार दीपिका पादुकोणको ‘बाजीराव मस्तानी’ र ‘पीकू’ जस्ता बलिउड फिल्मले बक्स आफिसमा भारी कमाई गरेको छ । हाल उनलाई हलिउड अभिनेत्रीको तुलनामा फिल्ममा भूमिका र पैसा पाउँछिन् ।

Comments