भारत–पाकिस्तान दुवै सेनाको युनिफर्ममा इमरान
screennepal
प्रकाशित: २०७३, १० भाद्र शुक्रबार
no img

काठमाडौं, १० भदौ । अभिनेता हुँदै निर्माता बन्ने सुचिमा अब इमरान हाशमीको नाम पनि जोडिएको छ । शाहरुख खान, सलमान खान, अक्षय कुमार, आमिर खान यसअघि नै निर्माताको सुचिमा परिसकेका छन् । इमरानको पहिलो होम प्रोडक्शन फिल्म ‘क्याप्टेन नवाब’ हो । जुन फिल्मको फस्र्टलुक सार्वजनिक गरिएको छ ।

captain
यस फिल्ममा इमरान पहिलोपटक आर्मीको भूमिकामा देखिँदेछन् । यसअघि उनले ‘उंगली’ र ‘जहर’ जस्ता फिल्ममा प्रहरीको भूमिकामा देखिएका थिए । यो आफ्नो फिल्म्को पोस्टरमा इमरान भारत र पाकिस्तान दुवै सेनाको यूनिफर्ममा देखिएका छन् । यसलाई हेर्दा उनी फिल्म ‘बजरंगी भाईजान’बाट प्रेरित भएको देखिन्छ । जसमा सलमान सीमा पार गर्छन् ।
इमरानले आफ्नो फिल्मको पोस्टर ट्विटरमा पनि शेयर गरेका छन् । उनले ‘मिरर’सँग कुरा गर्दै भनेका छन्, ‘यो फिल्मको डीएनए छ । म जान्दछु कि तपाईहरु अनुमान लगाउँदै हुनुहन्छ तर त्यो अनुमान गरेजस्तो छैन ।’ इमरानको यस फिल्मलाई ‘अजहर’ को निर्देशक टोनी डिसूजाले गर्दैछन् । यससँगै इमरान हिजोआज मिलन लुथरियाको फिल्म ‘बादशाहो’ को सुटिङ पनि गरिरहेका छन् । (एजेन्सी)

Comments