‘पाँचौं नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ २२ भदौंबाट
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
no img

lumumba

काठमाडौं, ९ भदौं । ‘पाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ आउँदो २२ भदौबाट राजधानीमा सुरु भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनीकेसन (सिजेएमसी)द्वारा आयोजित महोत्सवमा यसपटक नेपाललगायत विभिन्न ९ अफ्रिकन मुलुकका फिल्मले सहभागी जनाउँदैछन् ।

masaan
महोत्वसकी निर्देशक डा. मञ्जु मिश्रका अनुसार यसपटक पनि महोत्सवमा विगतका वर्षझैं फिचर, फिक्शन र डकुमेन्ट्री फिल्मले सहभागी छन् ।
राजधानीको कमलपोखरीस्थित रसीयन कल्चरल सेन्टरमा भदौ २२, २३ र २४ गते तीनदिनसम्म चल्ने महोत्सवमा नेपालको नीर शाहद्वारा निर्देशित फिल्म ‘मसान’ले सहभागी जनाउँदैछ ।
उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन हुने यस àपाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ को पहिलो दिन डेमोक्रेटिक रिपब्लिक कंगोको फिल्म ‘लुमुम्बा’ स्क्रिनिङ हुँदैछ भने नेपाली फिल्म ‘मसान’ स्क्रिनिङसँगै महोत्सव समापन हुनेछ । फेस्टिवल उद्घाटनमा नेपाल र अफ्रिकाका प्रतिष्ठित चलचित्र तथा संचारकर्मीको उपस्थिति रहने डा. मिश्रले बताइन् ।

4039487-6151929
महोत्सवको दोश्रो दिन गिनियाको ‘ब्याटल अफ टोबाटो’, बर्किना फासोको ‘तसुना’, साउथ अफ्रिकाको ‘फुल्स’ र डेनमार्कको ‘मिनियाम्बा’ स्क्रिनिङ हुने भएको छ भने अन्तिम अर्थात् तेस्रोदिन इजिप्टको ‘डोया एजिजा’ र अल्जेरियाको ‘रचिडा’ स्क्रिनिङ हुने आयोजकले जनाएको छ । फेस्टिवलकी निर्देशक डा. मिश्रका अनुसार ती फिल्मले अफ्रिकाको भू राजनीति, जनजीवन, संस्कृति तथा परम्परा बुझ्न मद्दत गर्नेछन् । ‘हामी सकारात्मक सन्देश दिने चलचित्र मात्र प्रदर्शन गर्छाै’ डा. मिश्रले भनिन्, ‘जसले आमदर्शकमा सकारात्मक सोचको विकास गराओस् ।’
नेपाल–अफ्रिकाबीच सांस्कृतिक आदान–प्रदान तथा सामाजिक विकासमा सहयोग पु-याउँने उद्देश्यले सन् २०११ देखि कलेजले नेपाल–अफ्रिका फिल्म फेस्टिवल आयोजना सुरु गरेको हो ।

Comments