लोक दोहोरीमा संधै पहिलो गणेश
screennepal
प्रकाशित: २०७३, ७ भाद्र मंगलवार
no img

भदौ ७,काठमाडौँ |“गोर्खा मन कामना झ्याप्पै माया लाइ हालूं भने नि ठिक छैन जमाना” यो लोक दोहोरि गीत नसुन्ने र मन नपराउने सायदै होला | यो गीत जो कोहिले पनि गुनगुनाउन सक्छ अथवा धेरै लोक गीतप्रेमीको मुखमा झुण्डिएको छ|

यस्तै मनकामना केबुल कारमा चोक पनि उस्तै चर्चित रहन सफल रहे यस्तै दर्जनौ लोकप्रिय लोक दोहिरी सालैज्यु, कौडा गीतहरुको सर्जक हुन् गोरखा मनकामनाका गणेश गुरुङ |उनले रचना गरेको गोर्खा मन कामना यस बर्ष अत्यधिक चर्चामा रहन सफल रह्यो|
ganesh gurung
लोक दोहोरि क्षेत्रका यी चर्चित गायक,संगीतकार तथा रचनाकार दर्जनौ दोहोरि घम्साघम्सीमा समेत पहिलो हुन सफल भएका छन्|
गोरखा मनकामनामा जन्मे हुर्केका गणेश गुरुङ लोक संस्कृतिमै जन्मे हुर्के र रमाउंदै छन| नेपाली पन बोकेका ठेट गीत गाउन र बनाउन सिपालु उनि दर्जनौ सम्मानसंगै दर्जनौ मुलुकमा सांस्कृतिक कार्यक्रम गर्न पुगी सकेका छन्|

सांस्कृतिक कार्यक्रम कै शिलशिलामा मकाउ,बेलायत,चाइना,कतार,बैंकक लगाएत दर्जनौ मुलुक पुगेका गुरुङ नेपाल सरकार खेलकुद मन्त्रालय द्वारा प्रदान गरिने युवा प्रतिभा सम्मान २०७३ बाट समेत सम्मानित भइसकेका छन्|

तमु गुरुङ कलाकार संघको नवनिर्वाचित महासचिव उनि सयपत्री सांस्कृतिक समुहको नेपाल शाखा अध्यक्ष समेत हुन् | उनि यस्ता विभिन्न संघ संस्थामा समेत आवद्ध छन् |
ganesh gurung1
२०६७ मा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेका गणेशले झन्डै डेढ दर्जन गुरुङ चलचित्रमा संगीत गरिसकेका गणेश गुरुङ- “गुरुङ चलचित्र अवार्ड २०७३”मा उत्कृष्ट संगीतकार तथा गीतकारको अवार्ड समेत हात पर्न सफल भए|

यस्तै म्युजिक खवर अवार्डमा समेत यस बर्ष उत्कृष्ट लोक दोहोरि गायकको अवार्ड हात पर्न सफल भए|
हाल तीज लगत्तै आफ्नो नयाँ सांगीतिक कोसेली गगन पानीमा ल्याउने तैयारीमा जुटेका उनि तीजको चहल पहल भन्दा पनि गीत-संगीत तैयार पार्न र आफ्नै संघ संस्थाको काममा ब्यस्त छन्|

Comments