आमा निर्मात्री, छोरी हिरोइन !
screennepal
प्रकाशित: २०७३, ४ भाद्र शनिबार
no img

काठमाडौं, ४ भदौं । चलचित्र निर्माण गर्ने घोषणा गरियो तर नामै छैन । नामविनै निर्माणपक्षले पत्रकार सम्मेलन गरेर निर्माणको घोषणा गरिएको हो । उमा फिल्मस्को ब्यानरमा निर्माणमा हुने भनिएको चलचित्रको अलिहेसम्म नाम नजुरेको जनाइएको छ ।

b
सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको चलचित्रमा उमा वेवीको लगानी रहनेछ । चलचित्रमा शिव ढकालको छायांकन, सचिन सिंहको एक्सन रहनेछ । चलचित्रमा नायक भूवन केसी र मोडल नम्रता योगी मुख्य भूमिकामा रहने पक्का भएको छ ।
यो चलचित्रमा आमा निर्मात्री छोरी हिरोइन हुने भएको छ किनकि, यही चलचित्रबाट निर्मात्री तथा कलाकार उमा वेवीकी छोरी सिवानी गिरी चलचित्र क्षेत्रमा भित्रिदैछिन् । सिवानी ‘मिस भारत वल्र्ड २०१६’को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर, मिस भारत हिमालया २०१६ को विनर समेत हुन् ।

Comments