‘सिङ्ला माने’को भव्य च्यारिटी
screennepal
प्रकाशित: २०७३, २ भाद्र बिहीबार
no img

singla

काठमाडौं, २ भदौ । तामाङ भाषा चलचित्र ‘सिङ्ला माने’ को बिहीबार च्याटिरी शो गरिएको छ । राजधानीको बाजालुस्थित अष्टनारायण सिनेमा हलमा गरिएको च्यारिटी शोमा १५ सयभन्दा बढी दर्शकको उपस्थिति थियो । चलचित्रमा धादिङको उत्तरी भेगको तामाङ समुदायको रहन–सहन तथा कला–संस्कृतिलाई चित्रण गरिएको छ ।

singla 1
कुमार शाक्यको निर्माण रहेको यस चलचित्रलाई निर्देशन नरमान तामाङले निर्देशन गरेका हुन् । एउटा हलमा गनृ लागिएको च्यारिटीमा दर्शक अनपेक्षित रुपमा धेरै आएपछि दुईवटा हल लिुनुपरेको निर्माता शाक्यले बताए । दुईवटा हल समेत हाउसफुल भएको थियो । च्यारिटी शो सकिएपछि चलचित्रकी अतिथि कलाकार तथा गायिका छिम्मी माम्बाले भनिन्, ‘दर्शक सोचेभन्दा धेरै आए । एकदमै खुसी लागेको छ ।’ चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्र रुचाएका छन् ।
चलचित्र ‘सिङ्ला माने’ हेरेर हलबाट बारिँदै गरेका बालाजुका विनय तामाङले भने, ‘चलचित्र गजबको बनाएको रहेछ । साह्रै राम्रो लाग्यो ।’ विनयले मात्र नभई अधिकांशले ‘सिङ्ला माने’ राम्रो चलचित्र भएको बताए । यो चलचित्र यसअघि धादिङ र नुवाकोटमा च्यारिटी गरिएको थियो । त्यहाँ पनि दर्शकले चलचित्र रुचाएका थिए ।  ‘सिङ्ला माने’ एक तामाङ संस्कृतिप्रधान चलचित्र हो । त्यससँगै पछिल्लो पुस्ताका दर्शकलाई पनि समेट्ने प्रयास गरिएको छ ।

sss
फापरे फिल्मस् प्रालिको ब्यानरमा निर्मित यस चलचित्रमा आरम्भ तामाङ, बेली तामाङ र विना तामाङको मुख्य अभिनय रहेको छ भने अतिथि कलाकारका रुपमा छिम्मी र राजकिङ वाइबालाई देख्न सकिनेछ । धनबहादुर थापाको नृत्य, द्वन्द्व कुमार चौधरी, आरम्भ र युवि मंग्रेसको संगीत तथा राहुल राईको छायांकन रहेको यस चलचित्रको अधिकांश छायांकन धादिङ र त्यस आसपासमा गरिएको हो । निर्माणपक्षका अनुसार यो चलचित्र आउँदो १८ अक्टुबरमा कतारमा च्यारिटी शो हुँदैछ ।

Comments