नाम्बुसँग फेसननेटको फोटोसुट (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २६ श्रावण बुधबार
no img

मोडल : नाम्बु शेर्पा

पहिरन एण्ड लोकेशन :  रीम फेसननेट बुटिक,
सिटी स्क्वेर, बागबजार ।
तस्बिर : नविनबाबु गुरुङ
क्रियशन : स्क्रीन नेपाल
मेकअप :  प्राश्ना ब्युटि पार्लर, सिटी स्क्वेर, बागबजार

Nambu Sherpa, screennepal (6)

काठमाडौं, २६ साउन । नाम्बु शेर्पा मोडलिङ र अभिनयमा रुचि राख्छिन् । मोडलिङ क्षेत्रमा स्थापित भइ नाम कमाउँने उनको रुचि छ । यिनै मोडल नाम्बुले रीम फेसननेट बुटिकमा फोटोसुट गराएकी छन् । साडी र लेहेँगामा फोटोसुट गराएकी नाम्बुले भनिन्, ‘यो मेरो पहिलो व्यवसायिक फोटोसुट हो ।’ उनले आगामी दिनमा पनि रीम फेसननेट बुटिकसँग सहकार्य गर्दै जाने बताइन् । यो फोटोसुट पछि नाम्बुलाई मोडलिङ र अभिनयका लागि प्रस्ताव आउन थालेको छ । फोटोपत्रकार नविनबाबु गुरुङको फोटोग्राफी तथा स्क्रीन नेपालको क्रियशनमा यो फोटोसुट गरिएको हो ।

Nambu Sherpa, screennepal (5)

Lehenga Rs. 16,500

यो बुटिक बागबजारको सिटी स्क्वेरमा यसै साताबाट संञ्चालनमा आएको हो । यस बुटिकलाई रीमले सञ्चालनमा ल्याएकी हुन् । जसको ‘मेगास्टार’ गायक राजेशपायल राई र केकी अधिकारीले उद्घाटन गरेका थिए ।

Nambu Sherpa, screennepal (3)
बुटिक सञ्चालनमा ल्याएपछि रीमले आपनो एउटा इच्छा पूरा भएको बताइन् । उनले आफू फेसन दुनियाँमा सिकारु भएको बताउँदै भनिन्, ‘हरेक कुरा सिकेर र गरेपछि जानिने हो । अहिले म सिक्दैछु । तैपनि फेसन दुनियाँमा केही गरेर देखाउँने मेरो अभिलाषा छ ।’ उनले सबै किसिमका ग्राहक वर्ग लक्षित रीम बुटिक सञ्चालनमा ल्याएको सुनाइन् । उनका अनुसार रीम बुटिकमा ग्राहकले आफूले जस्तो पहिरन पाउँनेछन् ।

Nambu Sherpa, screennepal (4)
यो यस्तो बुटिक हो, जहाँ अर्डरअनुसार किन्नमात्र नभएर भाडामा समेत दिइन्छ । रीम बुटिकमा सम्पूर्ण लेडिज वेयर उपलब्ध हुने बताउँदै रीमले भनिन्, ‘बजारमा नयाँ–नयाँ आएका फेसनलाई हामी अंगिकार गर्दै ग्राहकसम्म पु-याउँने जमर्को गर्नेछौं ।’ यस बुटिकमा साडी, लेहेँगा, कुर्था–सुलवार, वानपीस (लङ एण्ड शर्ट), स्कर्ट, शर्टलगायत लेडिजका लागि पहिरन उपलब्ध छ ।

Nambu Sherpa, screennepal (2)

Saree Rs. 12,500/-

Nambu Sherpa, screennepal (1) Nambu Sherpa, screennepal

Comments