जब दर्पण मिस्टर वाङ बनेपछि….(हाँस्य सिरियल)
screennepal
प्रकाशित: २०७३, १४ असार मंगलवार
no img

darpan 1

काठमाडौं । गीतकार तथा मोडल दर्पण राई कोरियन भूमिकामा देखिएका छन् । नेपाल टेलिभिजनबाट प्रसारित हाँस्य टेलिचलचित्र ‘ल्याप्चे’ मा दर्पणले मिस्टर वाङको भूमिका गरेका छन् । टिकाराम आलेको निर्देशन रहेको यस टेलिचलचित्रमा दर्पण ठ्याक्कै कोरियनजस्तै देखिन्छन् । टेलिचलचित्रको ३७औं भागबाट दर्पणको इन्ट्री भएको हो । गीतकारका रुपमा चर्चा कमाइरहेका दर्पणले यसअघि केही गीतमा मोडलिङ गरिसकेका छन् । अभिनय भने यो उनको पहिलो हो ।
टेलिचलचित्रमा उनकै चर्चित गीत ‘तिम्ले बाटो फे¥यौं अरे’ लाई ब्याकराउण्डमा सुन्न सकिन्छ । यस ‘ल्याप्चे’ मा पटकथा दीलिप तामाङ र छायांकन डम्बर राईको रहेको छ । समसामयिक विषयवस्तुलाई उठान गरी निर्माण गरिएको यस टेलिचलचित्रमा दर्पणका अलावा रोहित कार्की, दीलिप तामाङ, लक्ष्मण लम्साल, देवी आले, मित्रलाल तामाङ, प्रेमा तामाङ, विमल श्रेष्ठलगायतको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=4DL_6wCcomQ

Comments