निर्दोष ठहरिए राज, चाँडै चलचित्र निर्माण गर्ने
screennepal
प्रकाशित: २०७३, १७ जेष्ठ सोमबार
no img

काठमाडौं । अभिनेता राज घिमिरे निर्दोष ठहरिएका छन् । चलचित्र ‘चपली हाइट’ मार्फत चर्चामा आएका अभिनेता राजलाई गत बैशाख १ गते ललितपुरको गोदाबारीका कुमार सिलवालले आफूलाई अपहरण गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए । तर, अहिले आएर ललितपुर जिल्ला अदालतका न्यायधिश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ ।

raj
अदालतले आफूलाई निर्दोष ठहर गरेपछि अभिनेता राजले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई प्रहरी प्रसासनले फसाउँन खोजेको बताएका छन् । राजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब म जस्तै पीडा पाउँने निर्दोषको सहयोगका लागि डट्ने छु ।’ अदालतको फैसला अघि नै अभिनेता राजले जावलाखेल प्रहरी चौकीमा १० रात बिताएका थिए ।
आफू धेरै पीडित बनेको बताउँदै उनले ढिलो चाँडो अदालतबाट न्याय पाएको बताएका छन् । उनले अबका दिनका चलचित्रकर्मलाई निरन्तरता दिने जनाएका छन् । ‘चपली हाइट’ ‘भिजिलान्ते थ्रीडी’लगायत केही चलचित्रका अभिनेता राजले चाँडै कलाकार तथा निर्माता भानुप्रतापसँग मिलेर चलचित्र निर्माणको घोषणा गर्ने जनाएका छन् । भानुप्रताप भने हाल आफ्नो चलचित्र ‘लालटिन’ को प्रमोसनमा जुटेका छन् । ‘लालटिन’ को केही दिनअघि मात्र फस्ट लुक पोस्टर रिलिज गरिएको थियो ।

Comments