२०औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी १४ जेठबाट
screennepal
प्रकाशित: २०७३, ११ जेष्ठ मंगलवार
no img

काठमाडौं । राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा आगामी १४ जेठबाट ९ दिनसम्म ‘२०औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०७३’ हुने भएको छ ।
‘पढ्नलाई प्रेरणा’ नारासहित ग्लोबल एक्सपोजिशनले नेपाल पुस्तक तथा स्टेशनरी महासंघको सहकार्यमा यो प्रदर्शनी गर्न लागेको हो । २२ जेठसम्म चल्ने सो प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ः३० सम्म सञ्चाल हुने ग्लोबल एक्स्पोजिशनका कार्यकारी निर्देशक सन्तोष क्षत्रीले जानकारी गराए ।

????????????????????????????????
२०५४ सालबाट वर्षेनी गर्दै आएको यो राष्ट्रिय तथा अन्तराष्ट्रिय पुस्तकहरुको प्रदर्शनी दुई दशकसम्म आईपुग्दा एउटा सँस्कृतिको रुपमा स्थापित भईसकेको बताउँदै कार्यकारी निर्देशक क्षत्रीले भने, ‘स्वदेशी तथा विदेशी पुस्तक प्रकाशक, लेखक, स्रस्टा र पाठकलाई एउटै थलोमा ल्याउन हामीले यो प्रदर्शनीको आयोजना २०५४बाट गर्दै आएका छौं । अहिले यो प्रदर्शनी नेपालीसँगै विश्वका चर्चित प्रकाशन गृहको पात्रोमा समेत पर्ने गरेको छ ।’
कार्यकारी निर्देशक केसीका अनुसार यो प्रदर्शनीमा स्वदेशी र बिदेशी गरेर ६० भन्दा बढी चलेका प्रकाशक तथा वितरकहरुले स्टल राख्ने छन् । बिदेशी प्रकाशक अन्तर्गत अक्फोर्ड, क्याम्ब्रिज, पेन्गुइन, रेन्डम बुक हाउस, टेलर एन्ड फ्रान्सेस्, न्यु एज इन्टरनेशनल, एक्ज्याक्ट, हार्पर कलिङस् लगायत विभिन्न प्रकाशकका स्टलहरु यो प्रदर्शनीमा रहने छन् । नेपालका नाम चलेका सबै प्रकाशन गृहका स्टलहरु प्रदर्शनमा रहने पनि क्षत्रीले जानकारी गराए ।
‘प्रदर्शनी स्थलमा दुई ओटा मञ्चमा हरेक दिन विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन् । पुस्तक बिमोचन, अन्तरक्रिया, कविता बाचन, पुस्तकमा हस्ताक्षर, पुस्तक बहस, बाल कथा लेखन प्रतियोगिता जस्ता विविध कार्यक्रम दैनिक हुने छ ।’ भन्दै क्षत्रीले प्रदर्शनीमा बिक्री गरिने पुस्तकमा आकर्षक छुटको ब्यबस्था गरिने पनि जानकारी दिए । पुस्तक प्रदर्शनीको उद्घाटन समारोहमा नेपाली साहित्यमा तीन दशक भन्दा लामो समय देखि अनवरत लाग्दै आएका तीन जना अग्रज महिला साहित्यकारलाई सम्मान गरिने पनि उनले बताए ।
बिगतको जस्तै यस पटक पनि अन्तराष्ट्रिय पुस्तकहरुको प्रकाशन अधिकार बिक्रीका लागि केही अन्तराष्ट्रिय स्टलहरु पनि यो प्रदर्शनीमा रहने छन् । सो स्टलबाट विश्वका चर्चित पुस्तकहरुको प्रकाशन प्रतिलिधि अधिकार नेपाली प्रकाशकहरुले लिन सक्ने पनि कार्यकारी निर्देशक क्षत्रीले जानकारी गराए ।
पुस्तक प्रदर्शनीमा दैनिक आठ देखि १० हजार र बिदाको दिन तथा शनिबार १५ हजारसम्म पुस्तक प्रेमीहरुको आगमन हुने अनुमान आयोजक पक्षले गरेको छ ।

Comments