रजतपटमा अर्की रेखा (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १२ बैशाख आईतवार
no img

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारका रुपमा देखिँदैछिन् मोडल रेखा फागो । पुर्वको सुन्दर सहर धरानबाट ग्ल्यामरस करिअर प्रारम्भ गरेकी रेखा ‘तारेभीर’मार्फत अभिनेत्रीमा डेब्यु गर्न लागेकी हुन् । कलाकार प्रेम सुब्बाको डेब्यु निर्देशन रहेको यो चलचित्र राजधानीको विभिन्न स्थानमा छायांकन भइरहेको छ । नारीप्रधान चलचित्र ‘तारेभीर’मा विष्णु चेम्जोङसँगै रेखाको पनि मुख्य अभिनय रहनेछ । पछिल्लो समय रजतपटमा देखिएका नवअभिनेत्रीहरुमा रेखाले पनि सम्भावना बोकेर आएकी छन् । मोडलिङमा सुरुमै सकरात्मक कदम चालेकी रेखाको फिल्मी अभिनयको करिअर भने ‘तारेभीर’ले नै तय गर्नेछ ।

तस्बिर : सुनिल राजभण्डारी/स्क्रीन नेपाल
लोकेशन भक्तपुर (तारेभीर सुटिङ स्र्पोट)

Rekha Fago, screennepal (4) Rekha Fago, screennepal (3) Rekha Fago, screennepal (2) Rekha Fago, screennepal (1)

Comments